सर्लाही, ७ मंसिर । तराईमा आन्दोलनरत मधेसी मोर्चाको प्रदर्शनका कारण शनिबार रातीदेखि पूर्व पश्चिम राजमार्गमा सयौँ सवारी साधन रोकिएर बसेका छन् । सप्तरीको विभिन्न स्थानमा झडप भएपछि प्रहरीले पूर्व पश्चिम राजमार्गमा सवारी स्कर्टिङ समेत गर्न सकेको छैन् । आन्दोलनकारीले राजमार्गको पक्की पुलसमेत भत्काएपछि थप समस्या भएको छ ।
प्रहरीले स्कर्टिङ गर्न नसक्दा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका पूर्व पश्चिम राजमार्गमा सवारीको लामो लाम लागेको छ । सप्तरीको भारदह, रुपनी लगायतका ठाउँमा झडपपछि स्थित तनाव ग्रस्त भएको भन्दै प्रहरीले पनि राजमार्गमा गएराती देखि सवारी स्कर्टिङ गर्न छाडेको छ ।
राजमार्ग अवरुद्ध हुँदा सबै भन्दा बढी बिरामीहरु मारमा परेका छन् । झोला, पोका पन्तुरा बोकेर उनीहरु गन्तब्यमा कसरी पुग्ने ? भन्ने चिन्तामा सडक छेउमै बसिरहेका छन् । धेरै यात्रुहरुले पैंसा नभएपछि खाना समेत खान नपाएको गुनासो गरेका छन् ।
अत्यावश्यक काम लिएर हिँडेकाहरु पनि गाडी बीच बाटैमा रोकिएपछि समस्यामा परेका छन् । अब कसरी घर पुग्ने ? धनुकुटाको हिँलेमा बिरामी भेटन काठमाण्डौबाट आफन्त सहित आउनु भएका उत्तम खनालको चिन्ता छ । समय तोकेर यात्रामा हिडेका हरेक यात्रुको दैनीकि नै विथोलिन पुगेको छ ।
केहीदिन अघिसम्म जोखिम मोलेरै भएपनि सवारी चलाएका व्यवसायीहरु पनि सवारी साधनमा तोडफोड हुने क्रम बढेपछि त्रसित छन् ।
तराईबाट सञ्चालन हुने अधिकांश बसका अगाडि र साईडका सिसाहरु फूटेका छन् । चालकहरुले पनि आफ्नो सुरक्षाका लागि हेल्मेट लगाएर गाडी चलाउने गरेका छन् । तुलसीपुर काकडभिट्टा रुटमा बस चलाउँदै आउनु भएका चालक खगेन्द्र थापा अब त गाडी पनि चलाउन नसकिने अवस्था आएको बताउनुहुन्छ ।
जसरी पनि पुग्नै पर्नेहरू नै जोखिमपूर्ण यात्रा गरिरहेको यात्रुहरु। बताउने गर्छन । मध्य र पूर्वी मधेसमा कार्यरत प्रहरी दिनभर मधेसी मोर्चाका कार्यकर्तामाथि कडा निगरानी राख्छन्। दिनभर सडकमा गोलीगठ्ठा, अश्रुग्यास, लाठी, सुरक्षा ढाल लिएर सडकमा तैनाथ रहने प्रहरीहरू साँझ परेपछि पूर्वपश्चिम राजमार्गमा मध्यरातमा सवारी चलाउन एस्कर्टिङमा जानुपर्छ।
राजमार्गमा अलपत्र अवस्थामा रहेका यात्रुहरुले सुरक्षा प्रदान गरेर आफूहरुलाई गन्तव्य सम्म पु¥याई दिन माग गरेका छन् । नागरिकका लागि भनिएको संघियताको नाममा नागरिकलाई नै सास्ती कहिलेसम्म ? सबैको एउटै गुनासो छ ।
तपाईंको बिचार