सप्तरी ६ मंसिर । सप्तरी प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु भएपछि आन्दोलन झन चर्किएको छ । प्रदर्शनकारीले प्रहरी चौकीमा आगजनी गरेका छन् भने प्रहरीका् गाडी समेत तोडफोड गरेका छन् । राजमार्गको पक्की पुल समेत भत्काएका छन् । झडपका क्रममा १७ प्रदर्शनकारी र २५ प्रहरी झडपमा परी घाइते भएका छन् ।
शनिबार राति प्रहरीले एर्स्किङ गरी गाडी चलाउनका लागि धर्नामा बसेका प्रदर्शनकारीलाई भारदह र रुपनी क्षेत्रबाट हटाउन खोज्दा दोहोर भिडन्त भएको थियो ।
कर्फ्युको उल्लंघन गर्दै अहिले पनि भारदह क्षेत्रमा प्रदर्शन भइरहेको छ । मधेसी मोर्चाले राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भए पश्चात आक्रोशित आन्दोलनकारीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझिया स्थित सुन्दरी खोलाको पक्की पुल भत्काएका छन्।
आन्दोलनकारीले खन्ती, हथौडा लगायतका घरेलु हतियार प्रयोग गरेर पुल गाडी चल्न नसक्ने बनाएको पैहरीले जनाएको छ ।
गोली चल्यो, २ जनाको मृत्यु
सप्तरीमा मधेसी मोर्चाको आन्दोलन नियन्त्रण लिने क्रममा प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ । राजमार्ग अवरुद्ध गरिरहेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीको गोली चलाएको जनाएको छ ।
यात्रुबाहक बसको स्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ । गोली लागेर घाइते भएका भारदहको गाढा ९ का २२ बर्षका वीरेन्द्र राम र जमुनी मध्यपुरमा ७ का २५ बर्षका नागेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । भारदहमा ११ र रुपनीमा ६ जना घाइते भएका छन् ।
ती मध्ये ३ जनाको अवस्था गम्भीर छ । राती ११ बजेबाट दोहोरो भिडन्त सुरु भएको थियो १ बजे गोली चलेको थियो । मोर्चाका कार्यकर्ताले रातभर प्रदर्शन गरेका थिए । अन्य २० जनालाई गोली लागेको छ । घाइतेलाई उपचारका लागि धरान पठाइएको छ । मोर्चाका कार्यकर्ताले सप्तरी र सिरहाका विभिन्न ठाउँमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
तपाईंको बिचार