‘सम्पति हुन्जेल र सकुन्जेल आफन्त नत्र पराई’

प्रकाशित मिति: 2015-11-21
उमा पौडेल

काठमाडौं ५ मंसिर । नेपालमा बृद्धबृद्धा बेसाहारा भएर समस्या भोग्नुपरेको समस्या पछिल्लो समय निकै सुनिन्छ । परिवारकै सदस्यको बेवास्ताका कारण उनीहरु साहारा बिहिन छन् । नेपाल सरकारले बृद्धबृद्धाको लागि मासिक १ हजार बृद्धभत्ता र  एउटा बृद्धाश्रम बाहेकको अरु कुनै ब्यवस्था गर्न सकेको छैन । बृद्धबृद्धाका समस्या दर्दानक छन् । 

चार सन्तानकी आमा अछामकी ७३ बर्षका कल्धरी अधिकारीका चार सन्तान छन् । तीन छोरी बिवाह गरेर गए । छोराले दोस्रो विवाह गरेर घरसम्पति बेचेर भागे । सम्पत्ति हुन्जेल बेला बेलामा भेट्न आउने छोरीहरु पनि भेट्न नआएपछि अधिकारीको बुढेसकालको साहारा बृद्धभत्ता बनेको छ । गहभरीका आशु झार्दे अधिकारी भन्नुहुन्छ ‘आफन्तको साहारमा बसेकी छु ।’ 

७६ बर्षिय दोलखा जिरीका राम बहादुर पौडेल सिन्धुलीमाढीको गौमति खोला किनारमा गिटि कुटेर दैनिकि चलाउदैहुनुहुँन्छ । पौडेलका चार जना छोराछोरी, सम्पन्न छन् । पढेलेखेका छन् । अंशबण्डा गरेपछि छोराहरुले वेवास्ता गरे । भक्नानीदै पौडेल भन्नुहुँन्छ ‘सम्पति हुन्जेल र सकुन्जेल आफन्त नत्र पराई ।’ 

नेपालमा कूल जनसंख्याको २३ लाख ५१ हजार ६० वर्षमाथिका जेष्ठ नागरिकको संख्या छ । ती मध्ये नेपालमा कति बृद्धबृद्धा बेसाहारा छन् भन्ने बिषयमा एकिन तथ्यांक छैन । सरकारले सञ्चालन गरेको पशुपति बृद्धाश्रममा पनि आधा परिवारबाट फालिएका नै छन् । नेपाली समाजको पारिवारिक सम्बन्धका डोराहरू मक्किंदै गएका छन् । एकजना अनुसन्धानकर्ता विपी बडाल बताउनुहुन्छ । 

ज्येष्ठ नागरीकको क्षेत्रमा लामो समयदेखि वकालत गर्दे आउनुभएका अधिकारकर्मी कृष्ण मुरारी गौतम बृद्धबृद्धाले पनि केहि सतर्कता अपनाउनुपर्ने बताउहुन्छ । अभिभावकलाई बेवास्ता गर्ने छोराछोरीलाई कारबाहि गर्ने कुरा कानुनमै उल्लेख गर्नुपर्ने गौतमको माग छ । 

प्रायः विकसित देशमा ६० वर्ष माथिका नागरिकको जिम्मेवारी सरकारले लिने गर्छ ।तर, नेपालमा अहिलेसम्म त्यसको नीतिगत छलफल समेत भएको छैन ।  

तपाईंको बिचार