उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व विधिवत् सम्पन्न

प्रकाशित मिति: 2015-11-18

काठमाडौं २ मंसिर । उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न भएको छ । हिजो बेलुका अस्ताउँदा सूर्यलाई अर्घ दिएर रातभर जागराम बसेका थिए । उदाउदो सुर्यलाई अर्घ दिएप्छि बर्तालुहरु घर घर फर्किने क्रममा रहेका छन् । 

अधिकांस घर फर्किसकेको छन् । तराईका विभिन्न जिल्लाहरूसहित राजधानीमा समेत चार दिनसम्म मनाइने छठ पर्वमा चामल र  गहुँको पिठो, फलपूmल, विभिन्न खाद्यान्नलगायतका पूजा सामग्रीहरू अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रूपमा दिइने गरिन्छ ।

छठको पूजा सागम्रीहरू तयार गर्दा चोखो राख्नुपर्ने जनविश्वास छ । छठका सामग्रीहरू चोखो नराखेमा अनिष्ट हुने मान्यता छ । जनकपुरका मुख्य पोखरीहरू धनुषसागर, गङ्गासागर अरगजा, विहारकुन्ड, अत्ग्नीकुण्डलगायतका दुई दर्जनभन्दा बढी पोखरीहरूमा बिहानैदेखि व्रतालुहरूको ठूलो भीड लागेको थियो ।  छठमा गहँुको पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, पञ्चफल, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, सुथनी, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गर्ने चलन रहेको छ केही वर्षयता नेपाली भाषी तथा कतिपय मुश्लिम समुदायका नेपालीले पनि छठ पर्व मनाउन शुरु गरेपछि यस पर्वको आकर्षण झनै बढ्दै गएको छ ।

सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने चार दिने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धामिर्क विधिपूर्वक मनाइने गरिन्छ ।  

 

तपाईंको बिचार