फिल्म साउथ उद्घाटन गर्न 'दादासाहेब' आउँदै

प्रकाशित मिति: 2015-11-17

काठमाडौं १ मंसिर । 
दक्षिण एसियाली वृत्तचित्र महोत्सव ‘फिल्म साउथ एसिया’ पर्सीदेखि राजधानीमा चारदिने सुरु हुँदैछ । फिल्म साउथ एसियामा दक्षिण एसियाली मुकलुका ३५ वटा पिल्मी छानिएका छन् । यसपटक विद्यार्थीको छुट्टै प्रदर्शनको व्यवस्था गरेकाले ५० वटा बृतचित्र प्रदर्शन गरिने फिल्म साउथ एसियाले जनाएको छ । महोत्सवको उदघाटन भारतका प्रसिद्ध फिल्म निर्देशक अदूर गोपालकृष्ण प्रमुख अतिथिका रूपमा आउनुहुनेछ । 


भारतीय फिल्मकर्मीले पाउने सर्वोच्च सम्मान ‘दादासाहेब फालके’ समेत पाइसकेका अदूरले मलयालम भाषाका फिल्ममा ठूलो क्रान्ति ल्याएको मानिनुहन्छ ।

१६ पटक ‘नेसनल फिल्म अवार्ड’ जितिसकेका ७४ वर्षीय अदूरले सन् १९८४ मा पद्मश्री र २००६ मा पद्म विभूषणसमेत पाउनु भएको थियो । महोत्सवका निम्ति काठमाडौं आएका बेला अदूरलाई नेपालका फिल्मकर्मीसँग पनि अन्तरक्रिया गराउने फिल्म साउथ एसियाका सल्लाहकार गिरीष गिरिले जानकारी दिनुभयो । 

प्राज्ञिक हिसाबले भारतीय फिल्म उद्योगकै लिजेन्ड डाइरेक्टर मानिने अदूरको फिल्म निर्माण कलामाथि बनेको ‘फिट अपन दि ग्राउन्ड’ वृत्तचित्रसमेत यसपटक महोत्सवमा देखाइने छ । महोत्सवमा प्रदर्शनका निम्ति छनोट गरेको ३५ वटा वृत्तचित्रमध्ये छानिएको यो वृत्तचित्रलाई विपीन विजयले निर्देशन गरेका हुन् । आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरि महोत्सनबारे जानकारी गराइदैछ । 

 

तपाईंको बिचार