काठमाडौं २१ कात्तिक ।
ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा भूकम्पपछिको पुनःनिर्माण सम्बन्धि विधेयक पेश गर्ने कार्यसूची रहेको छ । कार्यसूचीका विषयमा छलफल गर्न वैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । १० परामर्श समितिको बैठकमा विधेयकको एजेण्डा पेश गर्न बिहान विधायन समितिको बैठक बोलाइएको छ ।
विधायन समितिले पुन निर्माण विधेयकका विषयमा सहमति जुटाए संसदमा टेबुल हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नयाँ र पुरानो विधेयकमा दलहरुका धारणा फरक आएकाले पेश हुने सम्भावना भने कम देखिन्छ । प्रमुख प्रतिपक्षी दल र मधेसी मोर्चाले अवरुद्ध गर्ने भएकाले कार्यसूची अनुसार विधेयक पेश हुने सम्भावना कम रहेको छ ।
आजै महिला वालवालीका समितिको बाािर्षक प्रतिवेदनको पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
तपाईंको बिचार