यसबर्षको दशैमा उत्साह कम निराशा धेरै

प्रकाशित मिति: 2015-10-21
उमा पौडेल
तस्बिर : गुगलबाट
तस्बिर : गुगलबाट

काठमाडौं । 
अघिल्ला बर्षको जस्तो यसबर्षको दशै उत्साह जनक नहुने भएको छ । जिल्लाबाट राजधानी आएकाहरु पनि घर फर्कन नपाएपछि गाँउ सहर सबैतिर दशैको रौनक कम हुँदैछ । 

अघिल्ला बर्ष घटस्थापनादेखि नै सुनसान देखिने काठमाण्डौमा यो बर्ष भने भिडभाड उस्तै छ । गाँउ जाने गाडि नपाएपछि काउन्टरबाट खिन्न हुँदै फर्किनुभएका बर्दियाका बिष्णु खड्का परिवारबाट छुटिएर दशै मनाउनुपर्दा दुःख ब्यक्त गर्नहुन्छ । 

धेरैले सहजै र सुरक्षीत यात्राबाटै घर पुगौला भन्ने आस मारिसकेको छन् । च्यापिएर, खादिएर जसरी भएपनि दशैं मनाउन घरसम्म पुग्नपाए हुन्थ्यो भन्ने आशा धेरैको छ । फूलपाती आइसक्दा पनि सडकमा नागरीकको चहलपहल निकै देखिन्छ । 


टिकट रिजर्भ नभएपछि सडक छेउमा उभिर कतिबेला गाडि आउला र तछाड मछाड गर्दै भएपनि चुढौला भन्नेहरुको मुख्य नाकामा लस्कर नै देखिन्छ । अघिल्लो बर्षको दशैको अष्टिसम्ममा पौने ५ लाख नागरीकहरु कठमाण्डु छाडिसकेका थिए । यसबर्ष हालसम्म करिब ४ लाख  जना मात्रै बाहिरीएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी राजेन्द्र प्रसाद भट्टले बताउनुभयो । 

तर जति मान्छेको चलहलपहल छ त्यति हुनुपर्ने ब्यपार भने उल्टो छ अथवा ठप्पजस्तै छ । पहिलेको बर्षको तुलनामा ४ गुणाा घटेको ब्यापारीहरु बताउछन् । यसपालीको ब्यापारबाट खुद्रा ब्यापारीहरु पनि खासै सन्तुष्ट हुन सकेका छैनन् ।  

उद्योग बाणीज्य महासंघका भारतको अघोषित नाकाबन्दिका कारण दैनिक २ अरब भन्दा भन्दाबढी ब्यापार घाटा भएको छ । एकमहिनाका बीचमा ६० अर्बभन्दा बढी घाटा भइसकेको छ । दशैको समयमा अझ बढी किनबेच हुने भएकाले अर्थतन्त्रमा ठूलोे प्रभाव परेको हुने गरेको छ बरिष्ठ उपाध्यक्ष बन्धना राणाको भनाई छ । 
त्यसो त घाटा भारतलाई पनि १० अर्बभन्दा बढी भइसकेको छ । चाडले छोप्दै जाने र अभाव पनि चुलिदै जाने देखिएकाले कालोबजारी मौलाएको छ । 

 

तपाईंको बिचार