छापामारदेखि देखि सभामुखसम्म घर्तीको अनुभव(अडियो अन्र्तवार्ता)

प्रकाशित मिति: 2015-10-18

काठमाडौं । माआवादीले २०५२ फागुन १ गते रोल्पा, रुकुम, सिन्धुली र गोरखामा प्रमुख कारबाही गर्ने नीति बनाएको थियो । त्यसबेला रोल्पाको होलेरी चौकी आक्रमणमा दुई युवती सहभागि भएका थिए । ती मध्येकी एक थिइन्, १८ वर्षीया ओनसरी घर्ती मगर । अर्की थिइन्, तारा घर्ती ।

ओनसरी र ताराको एकै दिन एउटै मञ्चमा जनवादी विवाह भएको थियो । त्यो युद्धको केही वर्षपछि ओनसरी घर्तीको परिचयमा थुप्रै विशेषणहरु लागिसकेका छन् । छापामारबाट सभासद, मन्त्री उपसभामुख हुँदै उनी सार्वभौम संसदको सभामुख बनेकी छन् ।

त्यो पनि मुलुकको पहिलो महिला सभामुख । मुलुकको पहिलो सभामुख महिला बनेपछि ओनसरि घर्तिको चर्चा एकाएक चुलिएको छ । छापामार, नेता, सभासद हुँदै सभामुख बन्न सफल घर्तीले भोलि सपथ लिदै हुनुहुन्छ । निर्विरोध निर्वाचित भएको भोलिपल्ट सभामुख घर्तीको निवास एकान्तकुना पुगेर साथी लिलप्रकाश चन्दले घर्तीको विगत अनुभव र भविश्यको योजनाका विषयमा गरेको कुराकानी  

तपाईंको बिचार