प्रधानमन्त्री चयनका क्रममा संसदमा जे देखियो

प्रकाशित मिति: 2015-10-12

काठमाडौं  । 
व्यवस्थापिका संसदमा भएको चुनाबमा ओली बहूमतका साथ प्रधानमन्त्री चयन भएपछि केपी शर्मा ओलीको अनुहारमा निकै चमक देखिन्थ्यो । उहाँलाई समर्थन गरेका अरुदल पनि विजय रौनकका देखिन्थ्ये । संसदमा प्रधानमन्त्रीको चुनावमा क्रममा के के देखियो ? देखियो संसद भवनमा ? सोबिता रिसालको रिर्पोट 

बिहान ११ बजेका लागि बोलाईएको बैठक झण्डै डेढ घण्टा ढिलो शुरुभयो । तर बैठक सुरुहुनुभन्दा अगाडी नै सभासदहरु संविधानसभा भवनमा पुगिसकेका थिए । संविधान निर्माण प्रक्रियामा साथ रहेका प्रमुख तीनदलसँगै संविधान बहिष्कार गरेका मधेसकेन्द्रित दल पनि उपस्थित भइसकेका थिए । दलीय समर्थनले चुनाव हुनुअघि नै एमाले अध्यक्ष ओली पक्मा जस्तै भएपनि अड्कल अनुमान कोइरालातिर पनि देखिन्थ्यो । 

संविधानसभाभित्र प्रवेश गर्दा कोइरालाको पक्षमा मतदान गर्ने पक्का गरेको छिरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले भित्र पुगेर भएको वैठकपछि मानसिकता परिवर्तन गर्यो र एमाले अध्यक्ष ओली मत दियो । प्रधानमन्त्रीमा चयन भएपछि ओली जति खुसी हुनुहुन्थ्यो ओलीलाई मत जुटाउन सक्रिय प्रचण्ड पनि त्यतिकै खुसी देखिनु हुन्थ्यो । 

चुनावी दौडमा पार्टीभित्रैका केही नेताको इच्छा विपरित उम्मेदवार बन्नुभएका कोइराला मतपरिणाम घोषणा हुँदा एक टकले सुनि रहनु भएको थियो । सभामुखले ओली विजय भएको घोषणा गरेलगत्तै अनुहार विगार्नु भयो तर सांसदको बाक्लो भिड छिचोल्दै गएर ओलीलाई अंकमाल गर्नुभयो बधाई दिनुभयो । बाहिर निस्किएर कोईरालाले आफुले नहारेको लोकतन्त्रको जितेको प्रतिक्रिया दिनुभयो । 


उम्मेदवारको समर्थक र प्रस्तावकले बोल्दा सभासदहरुको आऊ जाऊ चलिरहेका थियो । काग्रेसका जिवन परियार, बद्री पौडेल र प्रदिप गिरि समयमा नै सभाहल नपुगेपछि नियम अनुसार बाहिरै पर्नुभयो र आफ्नै उम्मेदवरालाई भोट हाल्न पाउनु भएन । ओली प्रधानमन्त्री हुने यस अघि नै निश्चित भएकाले एमालका नेता कार्यर्ताको ठूलो भीड नै लागेका थियो । 

सभासदहरुले खल्तीमा लुकाएर लगेका खादा घोषणा गरेलगत्तै भित्रै पहिराई दिएका थिए  । भित्र प्रधानमन्त्रीमा ओलीको नाम घोषणा हुदै गर्दा बाहिर दर्किएर पानी परिरहेको थियो । पानी पर्नु शुभ भएको चर्चा उपस्थितहरुका बिचमा चलिरहेका थियो । तर कार्यकाल कति शुभ होला केही दिनले देखाउनेछ । 

तपाईंको बिचार