लैंगिक बिभेदलाई चुनौति

प्रकाशित मिति: 2015-09-22
उमा पौडेल

  उमा पौडेल –सिन्धुली महिलाहरुलाई मलामी जान नदिने, बाबुआमाको किरिया गर्न नहुने घर छाउन नहुने लगाएतका समाजले लिंगका आधारमा महिलाले गर्न नहुने काम भनि छुट्याएका कामलाई महिलाहरुले चुनौति दिदै आएका छन् । यस्तै कामको चुनौति दिने महिलाहरुको लाममा सिन्धुली कमलामाई नगरपालिका ५ ढकालगाउँका २८ वर्षिय निर्मल देवकोटाकी श्रीमति २२ वर्षिय रमिला देवकोटाले आफ्ना श्रीमानको लासमा दागवत्ति दिएर उदाहरणीय महिला बन्नुभएको छ । श्रीमान निर्मलको हृदयघातबाट मृत्यु भएपछि रमिलाले मृत शरिरमा एक घण्टा टाढा गई दागवत्ति दिनुभएको हो । उहाँले २ जना महिलाहरुसहित ३ सय जति मलामीहरुसँग गई हिन्दु धर्मको विधिअनुसार आफ्नो श्रीमानको चितामा दागवत्ति दिनुभएको थियो । आफुले श्रीमानको लासमा दागवत्ति दिन पाउनुपर्ने भन्दै मलामी तथा घरपरिवारसँग अनुरोध गर्नुभएकी रमिलाको अधिकांशले विरोध गरे । कतिले त महिलाहरुलाई सागरमा लानु हुदैन भने ।

तर  उहाँको मागलाई  परिवारले स्वीकार गरि सागरमा जान दिएका थिए । घरबाट करिब एक घण्टा हिडेर मरिण खोलामा पुगेर पाँच फिट अग्लो चितामा चढेर दागवत्ति दिदाँ सबै मलामीहरु रोएका थिए । उहाँले दागवत्ति दिएपछि फर्केर हिडेरै घर आउनुभएको थियो। २ छोरीकी आमा रमिलाले श्रीमानको मृत शरिरमा दागवत्ति दिदा मलामीहरु नौलो मानेर वरिपरिवाट भिड लागेर हेरेर आँखाबाट आँसु झारिरहेका थिए ।  

हृदयघातबाट मृत्यु भएका निर्मलको मलामी गएका सिन्धुलीका विश्वम्भर लामिछानेले रमिलाले पाँच फिट अग्लो चित्तामा चढेर श्रीमानको शरिरमा दागवत्ति दिएको देखेर आँखाबाट आँसु झार्दै भन्नुभयो ‘रमिलाले गरेको हिम्मतलाई सबैले सम्मान गर्नु पर्छ ।’ २२ वर्षिया कलिली महिलाले एक घण्टा पैदल हिडेर दागवत्ति दिनु अदम्य शाहस भएको लामिछानेको दाबी छ ।

निर्मलको मलामी गएका अर्का मलामी माणिक ढकालले महिलाहरुले आफ्नो श्रीमानको शरिरमा दागवत्ति दिनु राम्रो भएको बताए । रमिला सागरमा पुगेर श्रीमानको शरिरमा दागवत्ति दिँदा कतिपयले कुरा काटेका थिए । घरमा करिव ९ महिनाको छोरी छोडेर एक घण्टा पर गएर श्रीमानको मृत शरिरमा दागबत्ति दिनु ठुलो साहस भएको अर्का मलामी तुलसी ढकालले बताउनुभयो । उहाँको साहसलाई सिन्धुलीका महिला अधिकारकर्मीहरुले महिला आन्दोलनको प्रभावका सकारात्मक शाहसिक कदमका रुपमा विश्लेषण गरेका छन् । महिला मानवअधिकार रक्षक सञ्जालका सचिव सविता कोइरालाले रमिलाको शाहसिक कामले महिला आन्दोलनलाई थप उर्जा मिलेको बताउनुभयो ।

 

 उहाँले महिलाहरुलाई कमजोर, विचरा छैनन अवस्था अनुसारको काम गर्न सक्छन भन्ने सन्देश दिएको बताउनुभयो । महिलाहरु मलामी समेत जान शाहस नगरेका बेलामा दागवत्ति दिनुले अन्य महिलाहरुमा समेत शासह थपेको बताउनुभयो । रमिलाको यो कदमले श्रीमतिहरुलाई दागवत्ति दिन हिच्किचाउने पुरुषहरुलाई समेत चुनौति दिएको उहाँको तर्क थियो । यस्तै गरि रमिलासँगै मलामी जानुभएकी महिला अधिकारकर्मी विमला श्रेष्ठले रमिलाको शाहसलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने बताउँदै महिलाहरुको मन कोमल हुन्छ भन्ने सोंचलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

 

रमिलाले महिलाहरु विकल्पको रुपमा आफुलाई सम्हाल्न र धैर्य गर्न महिलाहरुले सक्ने उदाहरण दिएको श्रेष्ठले बताउनुभाये । सिन्धुलीका पत्रकारहरुले भने रमीलाले महिला आन्दोलनलाई सशक्त बनाउनका लागि रमिलाले थप उर्जा दिएको बताएका छन् ।  उनीहरुले महिला शसक्तिकरणका आन्दोलन र मिडियाको प्रचारात्मक भूमिकाले गर्दा महिलामा आएको चेतनाले लिंगका आधारमा महिलाले गर्न नहुने भनि छुट्याइएका कामहरु म्हिलाले गर्न थालेको भन्दै रमिलाको प्रशंसा गरे ।       

 

रमिला त यस्तो साहसिक कामक गर्ने एक प्रतिनिधी पात्र मात्र , सिन्धुलीकै धुराबजारमा बस्ने ईनकुमारी देबकोटाले पनि आजभन्दा ३ बर्ष अगाडि आफ्नो आमाको दाहसंसार र १३ दिने काम आफैले गर्नुभयो । आफ्नो १ जना दाजुको ससस्त्र द्धन्दकालमा मृत्यु भएपछि घरमा ४ जना छोरीहरु मात्र भए ईनकुमारीको परिवारमा । छोराको मृत्यु भएपछि जहिले पनि ईनकुमारीकी आमाले अब कसले काजक्रिया गर्छ र पाल्छ भनेर चिन्ता गरिहरेपछि ईनकुमारीले बिवाह समेत नगरेर बस्नुभयो । उहाँ भन्नुहुन्छ “एउटा असल छोराले बुवा आमाको लागि जे जति गर्छ म त्यहि गर्छु मेरो परिवारका लागि । ” उहाँको बर्षेनी आफ्नो आमाको श्राद्ध समेत गर्ने गर्नुभएको छ ।

ईनकुमारीका बुवा पनि छोरीको यस्तो क्रियाकलापबाट धेरै खुसि ब्यक्त गर्नुहुन्छ र भन्नुहुन्छ “ मलाई पनि पहिले छोराको महत्व धेरै लाग्थ्यो तर जब मेरी छोरीले छोराले गर्ने हरेक क्रियाकलाप गरिन् त्यसपछि छोराछोरी बराबरी भन्ने चेतना म मा बढेको छ । ” यस्ता धेरै लैंगिक बिभेदलाई चुनौती दिनुभएकि ईनकुमारी आफ्नो गाँउमा पहिलो पटक एसएलसि पास गर्ने महिला समेत उहाँ नै हुनुहुन्थ्यो । आफुले यस्तो काम गर्दा पनि कुनै पनि संचारमाध्ययमले वास्ता नगरेको उहाँको गनासो छ । आमाको काजक्रिया गर्दा  धेरै महिलाहरुले प्रोत्साहन गरेको उहाँ बताउनुहुन्छ । यो कार्य आफैबाट भएपछि लैंगीक बिभेदलाई चुनौति दिएको देबकोटाको भनाई छ । शिक्षण पेशामा संलग्न उहाँ आफु १ बर्षसम्म बिद्यालयमा सेतो पोशाक लगाएर गएपछि बिद्यार्थीहरु जिज्ञासु भएर सोध्ने गरेको र कारण थाहा पाएपछि लैंगिक बिभेद बिरुद्ध उनिहरु पनि सक्रिय भएको बताउहुन्छ । उहाँ भन्नुहुन्छ , “ महिलालाई गर्न जे पनि सक्छन् , परम्पराकै नाममा उनीहरुलाई हरेक अवसरबाट बन्चित गराईन्छ मात्र , तर महिलाले आफु सक्रिय र सफल हुनको लागि भने हरेक अन्धबिश्वास र नकारात्मक परम्परालाई तोड्नैपर्छ ।  

अहिले उमेरले ५४ काटिसक्नभएकि इनकुमारी आफ्नो जिबनभर यस्ता लैंगिक हिंसालाई चूनौति दिईरहने बताउहुन्छ । आफ्ना सुरुका दिन सम्झदै उहाँ भन्नुहुन्छ “सानो छदा छोरी पनि पढ्नुपर्छ भनेर मेरो घरपरिवारमा निकै सपोर्ट थियो, गाँउमा प्राथमिक तहसम्मको शिक्षा हासिल गरेपछि बाकी शिक्षाको लागि जिल्ला सदरमुकाममा आएर बस्दा आफन्त तथा  गाँउलेहरुले नै अब यो फर्किन्न भन्नेजस्ता गहिरा शब्दको प्रहार गर्थे , तर मैले त्यी सबै कुराको आत्मसाथ गर्दे अघि बढिरहे  , त्यसपछि घरबाट बाहिर निस्कनु हुदैन भन्ने सोच बोकेको समाजलाई फेरी चुनौती दिए , र शिक्षण पेशामा आबद्ध भए । यसरी हरेक कुराको सुरुवात आफैले गर्नुपर्छ । ” इनकुकारीलाई देखेर प्रभाबीत भएका जनज्योति उच्च माध्यामिक बिद्यालयका छात्राहरु भन्छन् ” महिलालाई घरबाट नै भेद्भाब गरिन्छ , जसले गर्दा उनीहरु समाजमा खुलेर आफ्ना क्रियाकलाप संचालन गर्न सक्दैनन् ।

 

आफुभन्दा अग्रजहरुले यस्ता काम गर्ने हो भने भोलिका दिनमा हामीलाई पछ्याउन गाह्रो हुदैन । ईनकुमारी मिसको  साहसबाट हामी एकदमै प्रभाबीत छौ , र भोलिका दिनमा लैंगिक हिंसा र बिभेद बिरुद्ध आवाज उठाउने छौ । उक्त बिद्यालयमै अध्ययनरत अर्की एक छात्रा राम्रा काम गर्नको निम्ति ईनकुमारी मिसले गर्नुभएको कामले ढोका खोलिदिएको अनुभब राख्नुहुन्छ ।   “जिल्ला सदरमुकाममा मात्रै हैन सदरमुकाम बाहिर आजभोलि गाँउमा पनि थुप्रै महिला दिदिबैनीहरुले लैंगिक हिंसालाई चुनौति दिन थाल्नुभएको छ । गाँउमा आफ्नै सक्रियतामा बिभिन्न समुह निर्माण गरेर सामाजीक काम गर्ने लगायतका अन्य थुप्रै काममा आजभोलि महिला सहभागिता उल्लेखनिय देख्न सकिन्छ । यसरी महिलाहरुमाथि लिंगकै आधारमा बिभेद हुन थालेपछि उनीहरुले पुरुष प्रधान समाजलाई चुनौती दिन लागेको महिलाहरु बताउछन् । महिलाहरुको क्रियासिलता र सक्रियतालाई अझ प्रोत्साहन गर्नका लागि महिलाको क्षेत्रमा काम गर्ने थुप्रै सरकारी तथा गैरसरकारी संघसंस्था अनि समुहले काम गर्न थालेको देखिन्छ ।

 

लैंगिक हिंसालाई अन्त्य गर्न महिला बिकास कार्यालय सिन्धुलीले बिभिन्न जनचेतनामुलक कार्यक्रम गरेको बारेमा बताउदै कार्यालयका अधिकृत चन्द्रकला श्रेष्ठ भन्नुहुन्छ , “ आजभोलि महिलाहरु लैंगिक हिंसा र समानता क्षेत्रमा निकै चेतनशिल भैसकेका छन् । ” उनीहरुलाई यस बिषयमा अझ पुर्ण रुपमा चेतना प्रदान गर्नका लागि धेरै कार्यक्रम गर्न बाँकी छ । अहिलेसम्म महिलाहरुले लैंगिक हिंसामा दिएको चुनौतीप्रति खुसी ब्यक्त गर्दे महिला अधिकारकर्मी उमा कोईराला अबको केहि समयमै लैंगिक हिंसालाई पुर्ण रुपमा कम गर्न महिलाहरु सफल हुने दाबी गर्नुहुन्छ ।  उहाँ भन्नुहुन्छ “ महिला हिंसा पुर्ण रुपमा अत्य गर्नका लागि हरेक निर्णायक तथा नेत्तृत्व तहमा महिला सहभागिता हुन  आवश्यक  छ । ” महिला भएर राजनितिमा लामो अनुभब प्राप्त गर्नुभएकी उहाँ महिला सक्रियता तथा क्रियाशिलतामा रुढिबादी परम्परा बाधक रहेको भन्दै आफ्नो सफलताका लागि समाजका नकारात्मक परम्परा र संस्कारहरुलाई महिलाहरुले चुनौति दिने हो भने लैंगिक बिभेद अन्त्य हुने धारणा ब्यक्त गर्नुहुन्छ । यस्ता हरेक क्षेत्रमा क्रियाशिल हुन महिलालाई परम्परा नै बाधक बनेको उहाँको तर्क छ ।      बिगत लामो समयदेखि पत्रकारीता पेशा गर्दे आउनुभएका सिन्धुलीका पत्रकार द्धारीका काफ्ले हलो जोत्ने , पटाहा लगाउने , घर छाउने , लगायतका थुप्रै काममा महिला सहभागिता देखेर रीपोटिंग गरिसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ महिलाहरु आजभोलि हरेक क्षेत्रमा पुरुष सरह काम गर्न थालेका छन् , कतीपय राम्रा कुराहरु भने सार्बजनिक भएका पाईदैनन् , समाज र परम्परागत बिचार बोकेका ब्यक्तिहरुलाई चुनौती दिनका लागि भएपनि महिलाको सकारात्मक क्रियाकलापले चर्चा पाउनुपर्ने उहाँ बताउहुन्छ

। रेडियो सिन्धुलीगढीका स्टेशन म्यानेजर समेत रहनुभएका काफ्ले महिला शशक्तिकरणको लागी रेडियो , टेलिभिजन, पत्रपत्रिका लगायतका संचार माध्ययमको ठुलो भुमिका भएको र समाज परिवर्तनमा मिडियाले राम्रो र सकारात्मक भुमिका खेलेको र खेल्नुपर्ने बताउनुहुन्छ । समाजमा राम्रो काम गरेर आचोलीत बनेका महिलाहरुलाई मिडियाले प्रसंसा गर्ने हो भने उनीहरुलाई हौसला र आत्मबल बढ्ने  बताउनुहुन्छ । साथै त्यस्ता महिलाहरु समाजमा पुनस्थापना हुन सजिलो हुने उहाँको बुझाई छ । 

समाजले स्विकृति नदिएको काम गर्ने  कतिपय महिलाहरु  अझै पनि समाजमा एक्लो भएर बस्न बाध्य भएका छन् । लिंगकै आधारमा महिलाहरुलाई यस्तो क्रियाकलापबाट बन्चित गराईनु लैंगिक हिंसा नै  हो । यसर्थ पनि समाज परिवर्तन आफैबाट थालेका यस्ता महिलाहरुलाई परिचालन गरी गाँउ समाजमा चेतनामुलक काम गर्ने हो भने महिला हिंसा न्युनिकरण र निर्मुल पार्न सकिने समाज परीवर्तनमा लागेका महिलाहरुको भनाई छ ।  - 

 . umakosansar@gmail - 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/image0011.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/image0011.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार