धर्म निरपेक्षतामा नेताहरुको भुमिका तथा नेपाली समुदायको मानसिकता

प्रकाशित मिति: 2015-09-21

डिला रेग्मी । दुबई

शुक्रबार आबुधाबि देखि दुबई जादा ट्याक्सि चालक नेपाली थिए । संयोगले उनी बुर्तीबाङ तिरकै रहेछन् । कुराकानि कै क्रममा भेगिए नाताका कारण उनले आफ्नो गुम्सिएको बिरह पोखे ।

नेपाल देखि दुबई हुँदै युरोप जाने सपना देखेर पन्ध्रलाख दलाललाई बुझाई दलाल भागेपछि चारबर्ष पहिले दुबईमा अलपत्र परेका रहेछन् । बाग्लुङका एकजना मान्छेले दुबईमा काम खोजिदिए पछि बल्ल महिना पिच्छे पन्ध्रलाखको ब्याज सम्म तिर्न सक्ने भएछन् । दलालको घात र पन्ध्र लाख रिण सम्झदा आत्मगलानिले घरमा केहि समय सम्पर्क गर्न पनि सकेका रहेनछन् । केही समय पछि बाबा आमाले श्रीमतिलाई घरबाट निकालि दिएको भन्ने खवरले उनलाई पिडामाथि पीडाथपिएछ । अनि घरमा सम्पर्क गरेर बास्ताबिकता बुझ्दा श्रीमानको स्वास्थ्य तथा आर्थीक अभावको पुर्तीको लागि श्रीमतिले प्रभु युसुको प्रथाना गर्दै हिन्दु धर्मलाई त्यागी कृश्चियन धर्म अंगालेकी रहेछिन् । पटक पटक प्रथाना गर्न जाँदा सासू ससुराले कृश्चियन बेनेको थाहा पाएर उनलाई घरबाट निकालिदिएका रहेछन्।

कसैलाई धनसम्पत्तिको प्रलोभनमा फसाएर,डर धम्की देखाएर वा आफ्नो धर्मको बाहुल्यता बढाउन विभिन्न भ्रममा फसाएर कसैको धर्म परिबर्तन गर्नु अपराध हो । स्वईच्छाले कुनै ब्यक्तिले धर्मपरिबर्तन गर्छ भने त्यो उसको ब्याक्तिगत स्वतन्त्राताहो । यहाँ ट्याक्सि चालककि श्रीमती दुबै तिरबाट अन्याएमा परेकि छिन् । एक उनलाई प्रलोभनमा फसाईएको छ। दोस्रो उनलाई हिन्दु धर्म परिवर्तन गरेर कृश्चियन भएकै कारण घरपरिवार बाट बहिस्कार गरीएको छ। उनलाई प्रलोभनमा फसाउनु चर्च मिसनले गरेको अन्याय हो । घरबाट बहिस्कृत हुनु हिन्दु धर्म सापेक्षताको परिणाम हो । धर्मनिरपेक्षताले उनको दोस्रो समस्या को समाधान गर्न सक्छ।

लामो संघर्ष र बलिदान पछि नेपाल र नेपाली जनताले नयाँ संविधान पाउने आशाहरु पलाएका छन्। ०६२/०६३सालका जनआन्दोलन पछि पुनर्स्थापित संसदले ०६३ जेष्ठ मा नेपाल लाई धर्मनिरपेक्ष मुलुक घोषणा गर्यो । हिन्दु धर्मको बाहुल्यता रहेका मुलुक नेपाल हिन्दु राष्ट्रनै काएम हुनुपर्ने हिन्दु अतिबादि हरुका मागहरु त्यतिबेला नै उठेका थिए र पनि ०६३ असोज देखि नेपालमा धर्म निरपेक्षता लागू भएको थियो ।

धर्मनिरपेक्षता प्रगतिशिल राष्ट्रको एक नीति हो । यो अल्वर्ट आईन्सटाईनको समय निरपेक्षताको सिध्दान्त संग सम्बन्धित छ । धर्म निरपेक्षतामा सबैको धर्मको सम्मान हुन्छ। सबैले आ-आफ्नो धर्म मान्ने अधिकार हुन्छ । धार्मिक संष्णुता बढ्छ । राज्यले सबै जात वा धर्मलाई एउटै आँखाले देख्छ अर्थात धर्मनिरपेक्ष राष्ट्र भनेको स्वच्छ पानी जस्तो हो जस्को रंग हुदैन,स्वाद हुदैन,गन्धहुदैन त्यस्तै धर्मनिरपेक्ष राज्य भनेको राज्यको कुनै जात वा धर्म हुनुदैन भन्नेन हो ।
नेपाल कम्युनिष्ट पार्टीको घाषणा पत्रमा राज्यको कुनै धर्म जात हुनुहुदैन भन्ने लेखिएको होल, कुनै अधिवेसनमा धर्मनिरपेक्षताको बारेमा प्रतिबध्दता जनाए होलान् कुनै कम्युनिष्ट पार्टी निकटका पुस्तक पत्रपत्रिकामा धर्मनिरपेक्षताको बयान गरीएहोला । बिश्वमा कम्युनिष्ट बाहुल्यता रहेका राष्ट्र मध्या नेपाल पनि ठुलो राष्ट्र हो । अरुको तुलनामा यहाँ विभिन्न पुच्छर झुण्डाएका भएपनि कम्युनिष्ट हरुको बाहुल्यता छ। तर विभिन्न जनआन्दोलन जस्तै ०६२ /०६३को जनआन्दोलनमा सामान्तबादको अर्थात राजतन्त्रको अन्त्य कालागि नै नेपाली जनसागर जुट्यो त्यतिबेला नेपाल धर्मनिरपेक्ष राष्ट्रहुनुपर्छ भन्ने कुरा धेरै नेपालीले सुन्नैपाएनन्। धर्मनिरपेक्षताको अर्थ तथा फाईदा र बेफाईदाका बारेमा नेपाली जनतालाई बुझाउनु पर्थ्यो बिडम्बना आफ्नै कार्यकर्ता सम्मलाई बुझाउन सकिरहेका छैनन् । यस्तो परिस्थितिमा हिन्दुधर्मका नाममा आफ्नो राजनितक स्वार्थ पुरागर्न देसलाई पश्चगमनतिर धकेल्नेहरुलाई मौका मिलिरहेको छ । अहिले संविधान सभा नेपाल हिन्दु धर्मसापेक्ष राज्या बनाउनु पर्ने ध्वनिले गुञ्जयमान छ । हिन्दु धर्म सापक्षराज्य ले बर्तमान वा भबिष्यमा नेपाली समाजलाई धार्मिक युध्दको दलदलमा फसाउने छ । प्रतिकृयाबादिहरु प्रति क्रन्तिको लागि दाउ हेरीरहेका छन् तिनिहरुको उदेश्य भनेको नेपालमा सामान्त बादी राजतन्त्रको पुर्नवाहाली गर्नु हो । यसको बिरुद्ध प्रगतिशिल बिचार धारा बोक्ने सम्पुर्ण बामपंथी लगातार संघर्ष गर्न जरुरी छ।

नेपाली जनतामा के छ भने धर्मनिरपेक्ष कृश्चीयनहरुले आफ्नो बाहुल्यता बढाउन नियोजित तरीकाले ल्यएकाहुन् भन्ने भ्रम छ । धर्मनिरपेक्षताले सबै धर्मलाई सम्बोधन गर्छ हिन्दु धर्म मान्नेहरुको लाई कुनै आघात गुग्दैन भन्ने बिश्वास छैन । हिन्दु अतिबादि धार्मिक राजनिति गर्नखोज्ने सामान्तका दलाल हरुले आफ्नो स्वर्थ पुर्तिका लागि जनतालाई झुटो भ्रम फैलाउदैछन्। आफुलाई धार्मिक गुरु बताउने साधुहरुले धर्म युद्ध गर्छौ भन्ने अभिब्यक्ति दिदैछन् । चर्च मिसन का मान्छेहरुले करोडौ खर्च गर्दै आफ्नो जमात बढाउदैछन् । आफुलाई कम्युनिष्ट दाबिगर्ने क्रन्तिकारी भन्नेहरुले पनि हिन्दुधर्म सापेक्ष मा सहमति जनाउदै छन् । हिन्दु धर्मसापेक्षभनेको प्रगतिशिल राज्यब्यबस्थामा एउटा हिन्दु धर्मको अतिबादि बिचारहो । हिन्दु धर्मलाइ भर्याङ बनाएर नेपालको राष्ट्रियता लुट्ने बिस्तारबादका रणनितिलाई नेपाली जनताले समयमै बुझ्नु जरुरी छ ।
नेपालमा हिन्दु बाहेक बौद्ध, ईस्लाम, सिख, किराँती, ईसाई आदि लगाएत का अरुधेरै यस्ता धर्महरु पनि छन्। कुनै एक धर्मसापेक्ष भयो भने अन्य धर्मका समुदायहरुलाई सोझै नकारात्मक प्रभाब पर्नेछ । हिन्दु धर्म सापेक्ष हुनै पर्छ भन्ने बिचार बाट के प्रस्ट हुन्छ त भन्दा सत्ता साझेदार नेताहरु नेपालमा घर -घर समुदाय -समुदाय जाति -जाति वा एक धर्म र अर्को धर्म बिच धार्मिक युद्ध भएको देख्न चाहान्छन्न राष्ट्र दुर्घटनाको सिकार बनाउन चाहान्छन् यस्ता सबै खाले गलत कदमको बिरुद् नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन दबाब दिनु जरुरी छ ।

यी लेखकका निजी बिचार हुन ।

तपाईंको बिचार