चौँरी लेकाली जीवनको आकर्षण मात्रै होइन, हिमाली क्षेत्रका नागरिको आम्दानीको मुख्य आधार पनि हो । तर अहिले त्यो आधार भत्किदै गएको छ । पूर्वको पाँचथरदेखि पश्चिमको डोल्पासम्म १७ जिल्ला चौँरीपालनका लागि पकेट क्षेत्र हुन् । अहिले तिनै जिल्लामा चौँरीका गोठ भेट्न मुस्किल छ । सरकारले चौँरीको विकासका न कुनै योजना बनाएको छ न त रकम छुट्याएको छ ।
पुरा समाचाररारा तालले मौसम अनुसार दिनमै चार/पाँच पटक रङ्ग फेर्छ । त्यहि रङ्ग फेर्ने रारातालको पानीको रङ्गमा मिसिन आइपुग्छ, सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चै धर्तीको स्वर्ग जस्तै देखिन्छ ।
पुरा समाचारपूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया खण्डको आम्बासाबाट १३ किलोमिटर दक्षिणमा रहेको ठाकुरबाबा नगरपालिकामा पर्ने बर्दिया निकुञ्जमा पर्यटकहरुको आउजाउ चलिरहन्छ । निकुञ्ज भित्र विश्वकै लोपउन्मुख घडियाल गोहीको संरक्षणका लागि स्थापना गरिएको प्रजनन केन्द्रमा अधिकांश पर्यटकको आँखा जाने गरेको छ ।
पुरा समाचारचौंरी महोत्सव दोलखामा आगामी साउन २२ र २३ गते चौंरी महोत्सव आयोजना हुने भएको छ । दोलखाको कालिञ्चोक, शैलुङ र चेर्दुङलाई चौंरी पालन गर्ने मुख्य क्षेत्र मानिन्छ । महोत्सवको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
पुरा समाचारजिल्लाकै ऐतिहासीक रमणीय पर्यटकीय स्थल पचाल झर्ना जिल्ला सदमुकाम मान्माबाट करिब डेढ दिनको पैदल यात्रापछि प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । नेपालकै अग्लो झर्नाका रुपमा रहेर पनि सरकारी निकायबाट नापनक्सा नहुदा प्रचारमा आउन नसकेको स्थानीयबासीको भनाइ छ ।
पुरा समाचारचैतवैशाखमा लालीगुराँस ढकमक्कै फुलेर बेहुलीजस्तै देखिन्छ भने गर्मी चढेपछि तालमा असला माछा, आहारा खोज्दै किनारतिर आउँछन् । डाँफे, कालिज, लाटोकोसेरो, ढुकुर, चिल, हाँस लगायत ३ सय प्रजातिका चरा र कस्तुरी, रेडपाण्डा, मृग, घोरल, रतुवा, बन्यजन्तु र गुच्ची च्याउ, पाँचआंैले, जटामासीलगायत १८ किसिमका जडिबुटी रारा क्षेत्रमा पाइन्छ ।नीलो र कञ्चन तालको पानीमा हिउँको सेतो छाया भरिभराउ छ । सूर्यको पारिलो घामले राराको हिउँ चाँदीझैं टल्किएको छ । यो समयमा रारामा आउने पर्यटकहरुले मात्र राराको यस्तो सुन्दरतासगँ नजिक हुन पाउछन् ।
पुरा समाचारइतिहास र धार्मिक महत्व बोकेको यस क्षेत्रको प्रवद्र्धनका लागि भन्दै चन्द्रागिरि हिल्स लिमिटेडले केबलकार सञ्चालन गरेको छ । अत्याधुनिक अष्ट्रियन प्रविधिको प्रयोग गरेरे निर्माण गरिएका ३८ वटा गोन्डोला ( केबुलकार) ले चन्द्रागिरिको डाँडामा ९ देखि १४ मिनेटमा पु¥याउँछ । निर्माण कार्य जारी रहेका कारण चन्द्रागिरि पुग्ने समयावधी हालको अवस्थामा अलि बढि हुन सक्ने जनसम्पर्क व्यवस्थापक पौडेलको भनाइ छ ।
पुरा समाचार