अबरोधकाबीच संसदबाट चिकित्सा शिक्षा बिधेययक पारित

काँग्रेसको असन्तुष्टि, सभामुखको हडबड

प्रकाशित मिति: 2019-01-25
शोबिता रिसाल

 

काँग्रेस सांसदले हो–हल्लाका गरिरहेकै बेला सभामुख महराले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बिधेयक टेबुल गर्न आग्रह गर्नुभयो । मर्यादा पालकको तीन तहको घेराबीचमा काँग्रेस सांसदले नारा लगाउँदै गर्दा मर्यादापालकले घेरेरै मन्त्री पोखरेललाई रोष्टममा पु¥याए । र मन्त्री पोखरेलले बिधेयक टेबुल गर्नुभयो । 

काठमान्डौं । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको अबरोधकाबीच संसदबाट चिकित्सा शिक्षा बिधेयक पारित भएको  छ । बिधेयक पारित भएपछि प्रतिपक्षले सरकारले संसदमा पनि दुई तिहाईको दम्भ देखाएको भन्दै आक्रोस व्यक्त गरेको छ भने सत्तापक्षले बिधेययक मार्फत सारा नेपालीले जितेको प्रतिक्रिया दिएको छ ।  

 

चिकित्सा शिक्षा बिधेयक पारित गर्न नदिने काँग्रेसको रणनिति र जसरी भएपनि बिधेयक पारित गर्ने सरकारको तयारी भएकै कारण संसदमा दुबै पक्षका सांसदको उपस्थिति अरु दिनभन्दा बाक्कै थियो । यस अघिका २ ओटा संसद बैठक अबरुद्ध भइसकेको र आज जसरी पनि बिधेययक पारित हुनेभएपछि बानेश्वरमा सांसद मात्रै होइन दुबै पक्षका कार्यकर्ताको पनि उपस्थिति बाक्लो थियो । 

 

पूर्वनिर्धारित समयभन्दा झण्डै १ घण्टा ढिलो सुरु भएको बैठकको प्रारम्भमा नै काँग्रेस नेता पुष्पा भूसालले विचार राख्दै सरकारले काँग्रेस नेताहरु र काँग्रेसको इतिहास मेटाउन लागेको आरोप लगाउनुभयो । स्वर्गिय गिरिजा प्रसाद कोईराला र सुशील कोईरालाको नाममा रहेको अस्पताल केन्द्र मातहत रहने गरि निर्णय सच्चाउन माग गर्दै यदि यसो नभए काँग्रेसले संसद चल्न नदिने चेतावनी भूसालले दिनुभयो । 

काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालको समेत स्मरण गर्दै भन्नुभयोः “विपक्षी दल वेलमा हुँदा कतै पनि बिधेययक पारित हुँदैन । म प्रधानमन्त्री भएका बेला एमाले नेता मनमोहन अधिकारीले महाकाली सन्धीका बिषयलाइ लिएर वेल घेर्दा पछि सहमति गरेर गइयो ।”

 

आफूहरुले मर्यादापुर्वक तरिकाले संसद अबरोध गरेको भएपनि मर्यादापालकले अमर्यादा पन देखाएको सांसद भूसालको आरोप थियो । सांसद् भूसालले बोले लगत्तै काँग्रेस सांसदहरु वेल घेर्न पुगे । मर्यादा पालक र सभामुखले मर्यादा विपरित काम गरेको लगायतका आरोप लगाउँदै करिब १५ मिनेट काँग्रेस सांसदले लगातार नाराबाजी गरे । काँग्रेस सांसदहरुको हो–हल्लाकाबीच सभामुख कृष्णबहादुर महराले बारम्बार आफ्नो सिटमा बसेर बैठकको प्रक्रियालाई सघाउन आग्रह गरिरहनुभयो । 

 

तर काँग्रेस सांसदले हो–हल्लाका गरिरहेकै बेला सभामुख महराले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बिधेयक टेबुल गर्न आग्रह गर्नुभयो । मर्यादा पालकको तीन तहको घेराबीचमा काँग्रेस सांसदले नारा लगाउँदै गर्दा मर्यादापालकले घेरेरै मन्त्री पोखरेललाई रोष्टममा पु¥याए । र मन्त्री पोखरेलले बिधेयक टेबुल गर्नुभयो ।

 

संसद अबरोधकै बीचमा बिधेयक पारित भएपछि बाहिरिएका काँग्रेस सांसदले सरकारले दुई तिहाईको दम्भ र बलमिचाई देखाएको आरोप मात्र लगाएनन् । सडक र सदनमा आन्दोलनको चेतावनी दिए  । 

 

काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालको समेत स्मरण गर्दै भन्नुभयोः “विपक्षी दल वेलमा हुँदा कतै पनि बिधेययक पारित हुँदैन । म प्रधानमन्त्री भएका बेला एमाले नेता मनमोहन अधिकारीले महाकाली सन्धीका बिषयलाइ लिएर वेल घेर्दा पछि सहमति गरेर गइयो ।”

 

देउवाले थप्नुभयो “तर सरकारले एकलौटी ढंगबाट विना वार्ता, विना सहमति चिकित्सा शिक्षा विधेययक पारित गरेर अधिनायकवाद पना देखायो ।” काँग्रेस नेता गगन थापाले यस निर्णयले सरकार र सभामुखलाई महंगो पर्ने चेतावनी दिनुभयो । 

 

बैठकपछि मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षामा सुधार लगायतका माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीलाई अनशन फिर्ता गर्न आग्रह गर्नुभएको छ । मन्त्री पोखरेलले डा. केसीको भूमिकाका कारण चिकित्सा शिक्षामा सुधारका लागि अहम् भूमिका रहेको भन्दै अब अनशन तोड्न आग्रह गर्नुभयो । 

 

डा. केसीको स्वास्थ्यप्रति चिन्तित रहेको भन्दै मन्त्री पोखरेलले अनशन फिर्ता लिएर सहयोग गर्न आग्रह गर्नुभयो । चिकित्सा शिक्षा विधेयक पारित हुनु प्रक्रियागत ढंगले पनि सही दिशामा रहेको र अन्तर्गवस्तुको दृष्टिकोणले पनि सही रहेको दाबी गर्दै मन्त्री पोखरेलले केसीसँग भएका सहमतिका सर्वाधिक माग सम्बोधन भएको बताउनुभयो । मन्त्री पोखरेलले सरकार डा. केसीसँग वार्ता गर्न हरदम तयार रहेको पनि बताउनुभयो । 

 

संसद अबरोधकाबीच बिधेयक पारित गर्नुपर्दा सभामुख कृष्ण बहादुर महरामा देखिएको हडबडाहट हेर्न र सुन्न लायक रह्यो । सभामुख महराले बिधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक २०७५ को अंग बनोस् भनि निर्णायर्थ प्रस्तुत गरेपछि हुन्छ भन्ने मान्य सदस्यहरुको बहुमत भएकोले भन्नुपर्नेमा चिप्लिएर हुन्न भन्ने मान्य सदस्यको बहूमत भएको भन्नुभयो ।  

तपाईंको बिचार