२०८२ मा कोही पनि मानिस सडकमा भोकै/नाङ्गै भेटिंदैनन् ?

बेघर भइ सडकमा पुगेकाको उद्धार गर्दै सरकार (अडियोसहित)

प्रकाशित मिति: 2019-01-12
गीता चिमोरिया, काठमाडौं
तस्बिर : मानव सेवा आश्रमको फेसबुक पेजबाट
तस्बिर : मानव सेवा आश्रमको फेसबुक पेजबाट

केही दिन अघिमात्रै काठमाडौंका विभिन्न स्थानमा खुला आकाशमुनि बस्दै आएका एकसय ९ जनालाई प्रहरीले उद्धार ग¥यो ।

 

मानव सेवा आश्रम नामक एउटा संस्थासँगको सहकार्यमा सरकारले बेघर भई सडकमा पुगेकालाई व्यवस्थापन गर्ने अभियान चलाएको छ । 

मकवानपुर यही फागुनमा र गोरखा चैतमा, कोहीपनि मानिस भोकै/नाङ्गै सडकमा बस्नु नपर्ने जिल्लाका रुपमा घोषणा हुँदैछ । 

आश्रमका प्रवक्ता एवम् ३ नम्बर प्रदेश संयोजक सुनिल बर्तौलाका अनुसार आश्रमले खुला आकाशमा रात बिताउन बाध्य जो कसैलाई पनि उद्धार गरि संरक्षणको काम गर्छ । स्वास्थ्य समस्या देखिएका, अशक्त तथा बिरामी आश्रमको पहिलो प्राथमिकतामा पर्छन् ।

 

चिसोमा कठ्याङ्ग्रिँदै र गर्मीमा भोकै खुला आकाशमुनि बस्नेहरू काठमाडौँ उपत्यकासहित देशभरमा सयौँको सङ्ख्यामा छन् ।

 

कोही पनि मानिस भोकै/नाङ्गै बस्नुनपर्ने नारालाई व्यवहारमा उतार्न सरकारले अब भने विभिन्न गैरसरकारी निकायको सहयोगमा उद्धार तथा व्यवस्थापन योजना बनाएको छ । 

 

मकवानपुरको हेटौडा, चितवनको भरतपुर, काठमाडौंको सामाखुशी, बुढानिलकण्ठ, ललितपुरको हात्तिवन, गोरखा, लमजुङको बेशिशहर, पर्साको विरगञ्ज, कास्कीको पोखरा, रुपन्देहीको बुटवल र कैलालीको धनगढीमा रहेको मानवसेवा आश्रमले साढे ६ सय वेवारिसे मानिसलाई सडकबाट उद्धार गरी संरक्षण गरिरहेको छ । 

 

मकवानपुर यही फागुनमा र गोरखा चैतमा, कोहीपनि मानिस भोकै/नाङ्गै सडकमा बस्नु नपर्ने जिल्लाका रुपमा घोषणा हुँदैछ । 

 

सडकमा भएका मानिसको व्यवस्थापन गर्न सकिने निष्कर्षमा पुगेपछि मकवानपुर यही फागुन ४ गते भोकै/नाङ्गै सडकमा बस्नुनपर्ने पहिलो जिल्लाका रुपमा घोषणा हुन लागेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।

 

प्रदेश नम्बर ३ को बनेपा, २ को जनकपुर, ५ को नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र एक नम्बर प्रदेशको विराटनगरमा आश्रम सञ्चालन गर्न सरकारले सहयोग गर्ने आश्वास दिएको छ । 

 

त्यसो भएमा २०८२ सालसम्म देशभर कोही पनि व्यक्ति सडकमा सुतिरहेको भेटिने छैनन् ।

 

सीआईएनसँग कुरा गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले आफैंले पनि पुर्नस्थापना केन्द्र सञ्चालन गरेर र विभिन्न संघसंस्थासँग समन्वय गरेर सडकमा रहेका मानिसको संरक्षणको काम गरिरहेको बताउनुभयो । तर आवश्यक मात्रामा भने अझै काम हुन नसकेको उहाँको भनाइ छ ।  

 

सरोकारवाला निकायका अनुसार झन्डै ४ हजार व्यक्ति वेवारिसे अवस्थामा सडकमा छन् ।

प्रदेश नम्बर ३ को बनेपा, २ को जनकपुर, ५ को नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र एक नम्बर प्रदेशको विराटनगरमा आश्रम सञ्चालन गर्न सरकारले सहयोग गर्ने आश्वास दिएको छ । 

सङ्घीय सरकारसँगको समन्वयमा देशभरका मानवसेवा आश्रमलाई नगरपालिका,उप महानगरपालिका तथा महानगरपालिकाले भौतिक तथा आर्थिक सहयोग गरिरहेका छन् । मानवसेवा आश्रममा देशभर एकसय युवा स्वयम्सेविको रुपमा काम गरिरहेका छन् । 

 

सरकारको पर्याप्त सहयोग पाएमात्रै २०८२ सम्म नेपाललाई कोही पनि मानिस भोकै/नाङ्गै सडकमा बस्नुनपर्ने बनाउने लक्ष्य पूरा गर्न सकिने आश्रमका प्रवक्ता बर्तौला बताउनुहुन्छ ।

 

आश्रमले सडकबाट ल्याएर संरक्षणमा राखेका मानिसहरुको दीर्घकालिन व्यवस्थापनका लागि सीप सिकाउने, रोजगारीका लागि विभिन्न उद्यम सञ्चालन गर्ने विषयमा पनि योजना बनाइरहेको छ । यसका लागि पनि सरकारको सहयोग जरुरी रहेको उहाँ बताउनुहुन्छ । 

 

गत भदौबाट लागू भएको नयाँ कानूनमा सडकमा माग्न नपाउने व्यवस्था गरे पनि बेघर भई सडकमा पुगेकाको व्यवस्थापनका लागि भने सरकारले ठोस योजना ल्याएको छैन । 

 

२०७२ सालमा सर्वोच्च अदालतले चरम गरिबीमा रहेका, बेशाहारा, असहाय, जीवन नै जोखिममा परेका मानिसलाई एकवर्षभित्र उचित पालनपोषण/भरणपोषण गराउनु भनि सरकारको नाममा परमादेशमा जारी गरेको थियो ।  

अडियो सुन्नुहोस्

तपाईंको बिचार