हुम्लामा हिउँ, उत्तरी क्षेत्रका गाउँ हिउँले सेताम्मे !

अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर

प्रकाशित मिति: 2018-12-12
अर्जुन बोहरा, रेडियो कर्णालीआवाज, सिमकोट
तस्बिर : अर्जुन बोहोरा
तस्बिर : अर्जुन बोहोरा

हुम्ला लगायतका कर्णालीका जिल्लामा हिमपात शुरु भएको छ ।

 

हिजो बेलुकादेखि हिउँ पर्न थालेपछि हुम्लामा दैनिकी कष्टकर भएको छ । हुम्लामा यसवर्ष यो दोश्रोेपटक हिउँ परेको हो  । 

 

हुम्लाको उत्तरी साविक गाविसका लिमी, मुचु, खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँ सिमकोट, छ्रिप्रा, बराई, रोडिकोट, मेल्छाम मिमि लगायतका उत्तरी भेगका गाउँहरुमा हिमपात भएको छ ।

 

हुम्ला लगायतका कर्णालीका जुम्ला, मुगु, डोल्पाका उत्तरी क्षेत्र हिउँले सेताम्मे भएका छन् । हिमपातले गर्दा अत्यधिक चिसो बढेको छ ।

 

चिसोले सामूदायिक तथा निजी विद्यालयमा वार्षिक परीक्षा दिने विद्यार्थीलाई समस्या भएको छ । हुम्लाको तापक्रम माईनस ७ डिग्री पुगेको छ ।

 

हुम्लाकोे उत्तरी नाम्खा गाउँपालिका लिमी गाउँमा एक फिट भन्दा बढि हिउँ जमेको  छ ।  

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/IMG_8491.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/IMG_8491.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार