२ सय ३८ वटा रोजगारदाता सामाजिक सुरक्षा कोषमा दर्ता

प्रकाशित मिति: 2018-12-11
तस्विरः गुगल
तस्विरः गुगल

काठमाडौँ । सामाजिक सुरक्षा योजना लागु भएको २ सातामा २ सय ३८ वटा रोजगारदाता सामाजिक सुरक्षा कोषमा दर्ता भएका छन् ।

 

सरकारले मंसिर ११ गते औपचारकि कार्यक्रम गर्दै योजनाको उद्घाटन गरेपछि २ साताको अवधिमा यी रोजगारदाता कोषमा दर्ता भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

 

दर्ता गर्नेमा बढीजसो काठमाण्डौँ उपत्यकाका रोजगारदाता भए पनि केही बाहिरका रोजगारदाता पनि दर्ता भएको कोषका निर्देशक रमा भट्टराईले सीआइएनलाई जानकारी दिनुभयो ।

 

कोषले मंसिर ६ गते नै काठमाण्डौँ उपत्यका भित्रका रोजगारदातालाई दर्ता गर्न आव्हान गरिसकेको थियो । कोषले मंसिर १५ गतेदेखी प्रदेश नम्वर ३ र १५–१५ दिनको फरकमा सबै प्रदेशका रोजगारदातालाई कोषमा दर्ता गर्न आव्हान गरिसकेको छ ।

 

तपाईंको बिचार