जोसेफको तिमीले साथ छोड्यौ बजारमा

प्रकाशित मिति: 2018-11-19

काठमाण्डौ । सञ्चारकर्मी समेत रहनुभएका गायक जोसेफ शाही ठकुरीले आफ्नै लय शब्दमा तिमीले साथ छोड्यौ..... बोलको गीत सार्वजनिक गर्नुभएको छ । गीतमा जोसेफका साथै मिलन अमात्यको आवाज रहेको छ भने विवि अनुरागीले एजेन्ज गर्नुभएको छ । 


हाईलाईट्स नेपालले बजारमा ल्याएको म्युजिक भिडियोमा गौरब गिरिको निर्देशन रहेको छ भने जितेन्द्र क्षेत्री र सोना बज्राचार्यले अभिनय गरेका छन् । जोसेफको कर्के नजर, ठेकी मदानी, राजनितिको आगो लगाएतका १ दर्जन बढि गीतहरु सार्वजनिक भईसकेका छन् । 


गीत मिहनेत गरेर बनाएकाले दर्शक श्रोताले मन पराईदिनेमा विश्वस्त रहेको जोसेफले बताउनुभयो । आधुनिक भित्र पनि देउडाको लय मिसाउने प्रयास यस गीतमा गरिएकाले अरु भन्दा बढि रुचाईने विश्वास गरेको जोसेफले गर्नुभएको छ । 

भिडियो लिङ्क 

 

ttps://www.youtube.com/watch?v=bboz_5uQK68

तपाईंको बिचार