एसिया प्रशान्त सम्मेलनमा सामुदायिक रेडियोहरु सम्बन्धी नीतिका बारेमा छलफल

प्रकाशित मिति: 2018-11-18
दीपक आचार्य, सीआईएन, योगयाकर्ता, इन्डोनेसिया

इन्डोनेसियाको योगयकर्तामा भैरहेको सामुदायिक रेडियोहरुको चांंैथो अमार्क एसिया प्रशान्त सम्मेलनमा आज सामुदायिक रेडियोहरु सम्बन्धी नीति तथा कानुनका बारेमा छलफल भएको छ । 

विश्वका सामुदायिक रेडियोहरुको छाता संगठन अमार्कले चार÷चार वर्षमा प्रसान्त क्षेत्रको सम्मेलन अन्तरगत ४ दिने सम्मेलन गरेको हो । सम्मेलनमा लैगिंक समावेशीकरण, आप्राबासन, सामुदायिक रेडियोहरुको नीति र साझोदारीका बारेमा छलफल भईरको छ । 


सम्मेलनमा सामुदायिक रेडियोहरुको राष्ट्रिय सञ्जालको बिस्तारका बारेमा २ दिने कार्यशाला सामुदायिक रेडियो प्रसारक संघले सम्पन्न गरि नया मार्गदिशा पनि तय गरेको छ । आजको छलफलमा एसियाका देशहरुका कानुनी समस्याको बारेमा छलफल गर्दै कुनै पनि देशले सामुदायिक रेडियोहरुले गरेको योगदानको कदर हुन नसकेको बताएका छन् । 


फिलिपिन्सका अधिकारकर्मी एवं रेडियोकर्मी इलाङ क्वीजानोले रेडियोलाई आफ्नो देशले सधै आफ्नो अधिनमा राख्ने अवस्था रहेको बताउनु भयो । सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाले नेपालका सामुदायिक रेडियोले धेरै महत्वपूर्ण काम गरे पनि राज्यले सामुदायिक रेडियो सम्बन्धी छुट्टै नीति बनाउन नचाएको अवस्थाको बारेमा जानकारी दिनु भयो ।  


आजै भएको विपद व्यवस्थापनमा रेडियोको भूमिका सम्बन्धी छलफलमा सामुदायिक रेडियो प्रसारक संघका कोषाध्यक्ष लक्ष्मण खड्काले २०७२ को बिनासकारी भुकम्प पछि नेपालले गरेका राम्रो अभ्यास र विपदको बेलामा नेपाल जस्तो मुलुकमा रेडियो मात्रै जनतालाई सुचना दिने माध्यम हुने बताउनु भयो । 


कार्यक्रमको सहजिकरण अमार्क एसिया प्यासिफिकका संयोजक सुमन बस्नेतले गर्नु भएको थियो । एसियाको बिभिन्न देशको सहभागिता भएको सम्मेलन भोली नयाँ नेतृत्व चयनका साथ सम्पन्न हुदैछ । सम्मेलनमा एसियाका साथै अन्य मुलुुकका पनि रेडियो बिज्ञ तथा रेडियोकर्मीको सहभागिता रहेको छ । 


आत्मजय विश्वविद्यालयमा भएको कार्यक्रमको इन्डोनेसियाको सूचना तथा सञ्चार मन्त्री रुडियान्टाराले दुई दिन अघि उद्घाटन गर्नु भएको हो ।   

तपाईंको बिचार