बालविवाह अन्त्यका लागि कालिकोटमा प्रहरीको अभियान

प्रकाशित मिति: 2018-10-25
खडानन्द अधिकारी, रेडियो चंखेलि, कालिकोट

जिल्ला प्रहरी कार्यालय कालिकोटले बालविवाह अन्त्यका लागि अभियान जारी राख्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको त्रैमासिक बैठकमा बालविवाह अन्त्यका लागि अभियान जारी राख्ने निर्णय गरेको हो ।

 

कानुनका विषयमा धेरै मानिसलाई जानकारी नभएकोले कानुन जानकारी गराउन पनि अभियान जारी राख्नुपर्ने आवश्यकता महसुस गरिएको प्रहरीले जनाएको छ । साथै विद्यालयमा हुने दुव्र्यवहारका विषयमा पनि अनुगमन गर्ने निर्णय भएको जनाइएको छ ।

 

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले गृह प्रशासनको हैसियतले बाल अधिकारको संरक्षण र वालविवाह न्युनिकरणका साथै सबै खाले बालहिंसा अन्त्यका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

 

बैठकमा सहभागी जिल्ला बालकल्याण समितिका अध्यक्ष लालबहादुर मल्लले सबैको सहयोगमा बालबालिकाहरुको अधिकार रक्षा हुने भएकाले संयुक्त अभियान चलाउनुपर्ने धारणा राख्नुभयो । 

तपाईंको बिचार