मध्यम वर्गको पीडा : बचत सून्य(अडियोसहित)

मध्यम वर्ग को हो ? सरकारले चिन्दैन, नीति पनि बन्दैन

प्रकाशित मिति: 2018-10-20
स्नेहा कर्ण

काठमाडौं । सर्लाहीका विजय यादव महिनाको २० हजार कमाउनुहुन्छ । उहाँलाई पारिवारिक त्यति जिम्मेवारी छैन । तरपनि उहाँको बचत खातामा रकम कहिलै जम्ममा हुदैन । ‘कमायो, ल्यायो महिनाको आधा पुगेपछि पैसा नै हुँदैछन’ यादवको गुनासो छ ।

 

कपिलवस्तुका किशोरमुर्ती कोइरालाको ४ जनाको परिवार छ । कोईराला महिनामा ४५ हजार कमाउनुहुन्छ । तर, महिना सकिएपछि बचतको हिसाव निस्कदैन ।

 

राष्ट्रिय जनगणना २०६८ का अनुसार झन्डै ६० लाख मानिस मध्यमबर्गका छन् । राष्ट्र बैंकका अनुसार मासिक २३ हजार देखि ३२ हजार रुपैयाँ सम्म आम्दानी गर्ने मध्यम बर्गमा पर्छन् । राष्ट्रिय स्तरमा गरिव बाहेक अन्य वर्गको परिभाषा छैन । नेपाल राष्ट्र बैंकले पनि केन्द्रीय तथ्यांक विभागले जस्तै पाँच समूहमा राखेर परिारको वर्ग छुट्याएको छ ।

 

राष्ट्र बैंकले मासिक औसत आम्दानी ५३ हजार ५ सय ७८ रुपैयाँ हुनेलाई धनीको सुचीमा राखेको छ । यो सङख्या देशभरि २० प्रतिशत छ । २३ हजार ७ सय, २४ हजार ५ सय र ३२ हजार रुपैयाँ सम्म कमाउनेलाई राष्ट्रबैकले गरिब भन्दा माथिको तहमा राखेको छ ।

 

तथ्यांक विभागको सर्वेक्षणले यो तहका नेपालीले आफ्नो कुल आम्दानी मध्ये खर्च बढि गर्ने गरेको देखाएको छ । मध्यम वर्गका परिवारले किन बचत गर्न सक्दैनन् ? अर्थविद केशव आचार्यको भनाई छ सेवा महंगो भयो बचत गर्ने वानी पनि विकास भएन ।

 

मध्यम वर्गका व्यक्तिले जीवनस्तरमा बढी ध्यान दिन्छन् । अन्तर्राष्ट्रिय निकायका नेपाल सम्बन्धी प्रतिवेदनका अनुसार कृषि भन्दा फरक पेशामा सम्लग्न, कार्यालयका जागिरेहरु मध्यम वर्गमा पर्छन् । शिक्षा, स्वास्थ्य र जीवनशैलिका कारण मध्यमबर्गका मानिसले पैसा बचत गर्न नसक्ने अर्थविद आचार्यको टिप्पणी छ ।

 

प्रतिवेदन अनुसार सहरी क्षेत्रको झण्डै आधा जनसंख्या मध्यम वर्गमा पर्छन् भने देशभरिको लगभग ८० प्रतिशत जनसंख्या मध्यम बर्गको लागि संघर्षरत रहेका छन् । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार