गरिवको दशै : यता टाल्यो उता भ्वाङ(अडियोसहित)

प्रकाशित मिति: 2018-10-16
हुमाकान्त पोखरेल

दसैं हुने खाने र हुँदा खाने सबैको चाड हो । वर्षभरि घरबाट टाढिएका घर फर्किएर आफन्तको मिलन गर्ने सामाजिक पर्व पनि । धर्म, संस्कृति, संस्कार र समाज जोड्ने चाड पनि भएकाले सुगम, दुर्गम, सम्पन्न विपन्न, महिला पुरुष, बालक, वृद्ध सबैले दसैं विशेष रूपमा मनाउन मनाउँछन् । हिन्दुहरुको महान पर्व दशै हुनेखानेहरुलाई त ठिकै छ, हुदा खानेहरुलाई भने दशा नै हुन्छ । 

रेसुङ्गा नगरपालिका ६ गुरुङ्गगाउँका पवित्रा मरासिनी । उहाँको आफ्नो आम्दानीको स्रोत छैन । दशैमा राम्रो लाउने मीठो खाने चलन छ, तर आफुसंग पैसा छैन । बर्षमा एक पटक आउने भएपनि उहाँलाई दशैको गर्जो टार्न मुस्किल छ । दशै झन् भन्दा झन् भड्किलो बन्दै गएको छ । हुनेखानेहरुलाई त ठिकै छ हुदा मात्रै खानेहरुलाई भने समस्या  छ । समुहबाट ५ हजार ऋण लिएर पवित्राको परिवार दशै मान्दैछ । 

अहिले चाडबाड महँगा हुँदै गएका छन् । विगतमा आफ्नो घरमा जेजस्तो पाइन्छ त्यसैमा सन्तोष मानेर चाडबाड मनाइने चलन रहे पनि देखासिकीमा एकपटकको चाडले वर्षभरि ऋण बोकाएर जाने गरेको छ । घरमा नभए पनि ऋण गरेर मदिरा खाने, फजुल खर्च गर्ने प्रवृत्ति बढदो छ । 

दशै परिवारका सदस्यहरुसंग भेटघाट गर्ने, मान्यजनको हातबाट टीका लगाई आर्सिवाद लिने पर्व हो । नभई, नभई ऋण गरेर राम्रो लाउने मीठो खाने भन्दा पनि गच्छ्य अनुसारले दशै मनाउनुपर्दछ । 
 

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/SR_Humakanta.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/SR_Humakanta.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार