के व्याक मुवाथाईमा नेपालमा नेपाललाई ३ स्वर्ण

प्रकाशित मिति: 2018-10-02

के व्याक ईन्टरनेशनल मुवाथाई च्याम्यिनसिपमा नेपालले ३ ओटा स्वर्ण जितेको छ । ४ ओटा खेल मध्ये नेपालले तीन ओटामा स्वर्ण जितेको हो । नेपाललको तर्फबाट त्रिभूवन आर्मी क्लबका गूणराज रुचाल, रुपक नेपाली र सन्देश मानन्धरले स्वर्ण पदक जितेका हुन् ।  एक खेलमा भने थाईल्याण्डले उपाधि जितेको छ ।

 

५७, ७० र ७५ के।जी  तौल समूहमा नेपाल च्याम्पियन बनेको हो । ५१ केजी तौल समूहमा भने नेपाल थाईल्याण्ड संग पराजित भयो ।  ५७ केजी तौल समूहमा भारतीय खेलाडीलाई  आर्मीका  रुचालले उपाधी जित्नुभयो भने  ७० केजी तौल समूहमा अष्ट्रेलियन खेलाडीलाई हराउदै नेपालका रुपक नेपाली र ७५ केजी तौल समूहमा भएको खेलमा भारतीय खेलाडीलाई हराउदै नेपालका सन्देश मानान्धरले उपाधी जित्नुभएको हो । 

 

५१ के.जी तौल समूहमा नेपालका सञ्जय राई थाईल्याण्डका खेलाडी सग पराजित हुनुभयो ।  नेपाल राष्ट्रिय मुवाँ थाई संघ र के ब्यागको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो । 

तपाईंको बिचार