बेरोजगारी, कुलत र कुसंस्कारः बलात्कारका कारण

युवालाई सही बाटोमा हिँडाउन परिवार, समाज र शैक्षिक संस्थाको भूमिका महत्वपूर्ण (अडियोसहित)

प्रकाशित मिति: 2018-09-28
युवा तथा खेलकुद मन्त्रालयका सचिव  मोहनकृष्ण सापकोटा
युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा

काठमाडौँ । गृहमन्त्रालयका अनुसार अघिल्ला वर्षको तुलनामा १० प्रतिशतले बलात्कारका घटना बढेका छन् । युवा उमेरका पुरुषको बलात्कारलगायत अपराधका घटनामा संलग्नता बढी देखिएको छ । यस्तो अवस्थामा सरकार, घरपरिवार र समाजको दायित्व के हुन्छ ? साथी लिलप्रकाश चन्दले युवा तथा खेलकुद् मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटासँग कुराकानी गर्नु भएको छ । 

 

तपाईलाई के कारणले युवाहरू अपराधिक घटनामा लागेको जस्तो लाग्छ ? 

 

वातावरणको कारणले पनि यस्तो भयो कि भन्ने बारेमा बहस भइरहेको छ । यसमा दुईतीन वटा अरु कुरालाई पनि हेर्नुपर्ने हुन्छ । लामो समय मैले गृहमन्त्रालयमा बसेर काम गरेको र सुरक्षाका दृष्टिकोणबाट भन्दा मलाई के लाग्छ भने सामाजिक सञ्जाल बढी अश्लिलतर्फ गइरहेको छ । अर्को युवाहरूले काम नपाएर उनीहरूको चिन्तन नकारात्मक गइरहेको हो कि जस्तो पनि लाग्छ । तेस्रो रक्सी र ड्रग्समा पनि युवाहरूको संलग्ना देखिएको छ ।

 

लोकतन्त्रले मान्छेलाई धेरैभन्दा धेरै स्वतन्त्रताको सुनिश्चितता गरेको छ । तर युवाहरूलाई हामीले सानैदेखि 'काम गरेर देश बनाउनुपर्छ, करिअर बनाउनुपर्छ, घरपरिवार सुखी राख्नुपर्छ । देशका लागि तिमी जन्मेका हौ । सकारात्मक केही काम गरी नाम चलाउन जन्मेका हौ।' भन्ने बारेमा चेतना जगाउन सकियो भने अपराधिक घटना कम हुन्छन् भन्ने मलाई लाग्छ । 

 

 

 

 

 

 

यस क्षेत्रमा पनि युवा मन्त्रालयले केही गर्न सक्थ्यो होला नि नियन्त्रणका लागि ?  

 

पुलिस बढाएर नियन्त्रणमा लिने एउटा पाटो हुन्छ अर्को भनेको समाज र युवा स्वयंमको सहयोगबाट पनि हामीले काम गर्नुपर्ने भएको छ । कुनै पनि चिजहरूको अनियन्त्रित रूपमा उपयोग गर्नबाट रोक लगाउनु नै उत्तम उपाय हुन्छ । 

समाज कसरी हुर्केको देखिन्छ भने 'हामी जन्मियौँ, कतिपय लाहुरे भए पनि जाउ भन्ने, बरालिएर हिँडे पनि घरपरिवारले छोडेको छ । जीवनको कुनै विन्दुमा पुगेपछि बल्ल महसुस गर्ने हाम्रो परम्परा जस्तै भइरहेको छ । अब हामीले युवालाई त्यसरी छोड्न भएन । 

 

युवाहरूमा सकारात्मक सोचको जागरण गराउनका लागि युवा मन्त्रालय कुनै सन्देशमूलक सामग्री प्रकाशन, प्रसारण गरौँ भन्ने बारेमा केही सोचेको छ ? 

 

त्यस्ता सूचना जारी गर्नका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको पनि सहयोग लिन सक्छौँ । हामीसँग नेपाल सरकारका बिभिन्न निकायले यसमा काम गरीरहेका छन् । निजी क्षेत्रका साथीहरू पनि हुनुहुन्छ । सबैको सहयोगमा हामी केही गर्ने तयारीमा छौँ । यो अवस्थामा नगरीनहुने कुरा भइसक्यो जस्तो लाग्छ । 

 

युवाहरूले आवश्यकताभन्दा धेरै स्वतन्त्रता पाएका कारण उनीहरू अपराधिक गतिविधिमा लागेका हुन सक्छन् ? 

 

हाम्रो देशमा स्वतन्त्रता अलि बढी छ । लोकतन्त्रले मान्छेलाई धेरैभन्दा धेरै स्वतन्त्रताको सुनिश्चितता गरेको छ । तर युवाहरूलाई हामीले सानैदेखि 'काम गरेर देश बनाउनुपर्छ, करिअर बनाउनुपर्छ, घरपरिवार सुखी राख्नुपर्छ । देशका लागि तिमी जन्मेका हौ । सकारात्मक केही काम गरी नाम चलाउन जन्मेका हौ।' भन्ने बारेमा चेतना जगाउन सकियो भने अपराधिक घटना कम हुन्छन् भन्ने मलाई लाग्छ । 


युवा अवस्थाका सन्तानलाई सही बाटोमा लगाउनका लागि घरपरिवारको दायित्व के हुन्छ ? 

 

पहिलो दायित्व भनेको आफ्नो युवालाई नियन्त्रणमा राख्ने, अनुशासनमा राख्ने र सही मार्गमा लगाउने नै हो । 

 

त्यो भने लाठी चलाएर हो कि वा २४ घण्टा नै रखवारी गरेर कि कसरी ? 

 

घरपरिवारले लाठी चलाउ सक्दैनन् । परिवारले पनि एउटा प्रक्रियामा विश्वास गरेको  पाइन्छ । युवाहरू विदेशमा जाने र अविकसित मुलुकको बाध्यताले गर्दा घरपरिवरको मान्छे आफ्ना बच्चाको केयर गरेर मात्र बस्न सक्ने अवस्था छैन । बुवा अथवा आमा रोजगारीका लागि देशविदेशमा जानुपर्ने अवस्था छ । यतिबेला घरपरिवारले पढ्नका लागि बच्चालाई स्कूल पठाउने भयो, स्कूलले उसलाई राम्रोसँग पढाउनुपर्यो । 

 

शैक्षिक संस्थासँग हतियार वा फोर्स त हुँदैन, सकारात्मक रूपमा उनीहरूले विद्यार्थीमा सकारात्मक चेतनाको जागरण गराउन सक्छन् । त्यहाँ सकारात्मक वातावरण निर्माण गरी सकारात्मक सोच र सिर्जनात्मक विचार तथा कार्यका लागि प्रेरित गर्नुपर्ने हुन्छ । यसमा अतिरिक्त क्रियाकलापको भूमिका महत्वपूर्ण हुन्छ । 


 

 

 

 

अभिभावकले आवश्यकताभन्दा धेरै र थोरै ख्याल गरेका कारणले पनि पछिल्लो समयमा युवाहरू गलत बाटोमा गएका हुन् कि ? 

 

यहाँनेर दुईटै कुरा छ । कसैको बढी केयर गरेर पनि बच्चा बिग्रिएको छ । 'केही भएमा मेरो बाउआमाले हेर्नुहुन्छ, घरको अवस्था यो छ ।' भन्ने मान्यताका कारण पनि युवाहरू विचलित हुने अवस्था आउने गरेको छ । उचित स्याहार नपाएका युवाहरूमा पनि समस्या देखिने गरेको छ । एकतिर घर, समाज र राज्यव्यवस्थाले यस विषयमा ध्यान दिन जरुरी छ । 

 

युवाहरूलाई उचित बाटोमा हिँडाउनका लागि शैक्षिक संस्थाहरूको भूमिका के हुन सक्छ ? 

 

शैक्षिक संस्थासँग हतियार वा फोर्स त हुँदैन, सकारात्मक रूपमा उनीहरूले विद्यार्थीमा सकारात्मक चेतनाको जागरण गराउन सक्छन् । त्यहाँ सकारात्मक वातावरण निर्माण गरी सकारात्मक सोच र सिर्जनात्मक विचार तथा कार्यका लागि प्रेरित गर्नुपर्ने हुन्छ । यसमा अतिरिक्त क्रियाकलापको भूमिका महत्वपूर्ण हुन्छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Mohankrishna_Sapkota_Final_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Mohankrishna_Sapkota_Final_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार