कसरी थाहा पाउने बलात्कारी मानसिकता ? (अडियोसहित)

प्रकाशित मिति: 2018-09-24
सृजना बराल, काठमाडौं
निर्मलाका निम्ती न्याय माग्दै गरिएको ¥याली । तस्बिर : अमृता लम्सालको फेसबुकबाट
निर्मलाका निम्ती न्याय माग्दै गरिएको ¥याली । तस्बिर : अमृता लम्सालको फेसबुकबाट

हाडनाता पर्ने, आफन्त, छरछिमेकबाट नै बलात्कारका घटना भइरहेको सार्वजनिक भइरहेका छन् । झट्ट हेर्दा कुनै पनि व्यक्ति कस्तो नियतको हो ? भन्ने छुट्याउन सकिन्न । तर व्यवहार, आनीबानीबाट थाहा पाउन सकिन्छ । 

 

मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीका अनुसार परिवारको कुनै नजिकको सदस्य भएपनि उमेर पुगीसकेको किशोरीहरु, बुहारी, चेलीहरुसँग अनावश्यक रुपमा शरीर छुन आउने वा त्यस्तै खालका कुराहरु गर्ने व्यक्तिसँग टाढै रहनुपर्छ । 

 

सरकारको तथ्याङ्कअनुसार ११ देखि १७ वर्षका बालिका पछिल्लो समय हिंसाबाट बढी प्रभावित हुने गरेका छन् । कुनै पनि पुरुषको हेराइबाट पनि उसको मानसिकताका बारेमा थाहा पाउन सकिने मनोपरामर्शकर्ता विजया विजुक्छेको भनाइ छ । 

 

सूचना प्रविधिको विकास र सामाजिक सञ्जालका कारण विश्व नै सिङ्गो गाउँको रूपमा विकास भइरहेको छ । अपरिचित व्यक्तिले चिनेजानेको जसरी कुरा गर्दा र त्यस्तो व्यवहार देखाउदा पनि सजग हुनुपर्ने सुझाव दिनुहुन्छ, मनोचिकित्सक डा. अधिकारी । 

 

मानसिक रूपमा गम्भीर समस्या भए र यौन विचलनका कारण पनि व्यक्तिले अस्वाभाविक व्यवहार देखाउन सक्छ । यस्तो बेलामा घरपरिवारको भूमिका महत्वपूर्ण हुने  बताउनुहुन्छ,चिकित्सा मनोविद डा. भूपेन्द्र गुरुङ । 

 

व्यक्तिको हेराई, बोलाइ र क्रियाकलाप गलत भए कारबाही हुने व्यवस्था कानुनमा छ । करणीको आशय वा अन्य कुनै किसिमको यौनजन्य व्यवहार गरेमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था फौजदारी अपराध संहितामा छ । 

 

बलात्कारलगायतका महिला हिंसाका घटना बढेसँगै नियन्त्रण गर्ने उपायका बारेमा सरकारी तथा गैरसरकारी निकायले छलफल चलाइरहेका छन् । सीआईएनले पनि बलात्कार विरुद्ध सय दिने सञ्चार अभियान सञ्चालन गरिरहेको छ ।  

अडियो सुन्नुहोस्

तपाईंको बिचार