नेकपाले प्रदेशको जिम्मेवारी तोक्यो(सूचीसहित)

प्रकाशित मिति: 2018-09-21

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश संरचनाको टुङ्गो लगाएको छ । प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी  मुख्य चारवटा पदमा जिम्मेवारी तोकेको छ ।

पूर्व एमाले र पूर्व माओवादी पक्षबाट २-२ जनाको भागबन्डा गरी आज शुक्रबार जिम्मेवारी तोकेको छ । नेकपा सचिवालयको बैठकले जिम्मेवारी तोकेको छ । जिम्मेवारीमा दुई जना मुख्यमन्त्रीलाई इन्चार्ज तोकेको छ । 

कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
प्रदेश १: इन्चार्ज- भीम आचार्य, अध्यक्ष- देवराज घिमिरे

सहइन्चार्ज- साबित्री कुमार काफ्ले सचिव सुरेश बहादुर राई

प्रदेश २: इन्चार्ज- सत्यनारायण मण्डल, अध्यक्ष- प्रभू साह

सहइन्चार्ज- विश्वनाथ साह, सचिव सुमन प्याकुरेल

प्रदेश ३: इन्चार्ज- अष्टलक्ष्मी शाक्य अध्यक्ष- हितमान शाक्य

सहइन्चार्ज- नारायण दाहाल सचिव आनन्द पोख्रेल

गण्डकी प्रदेश : इन्चार्ज- पृथ्बी सुब्बा गुरुङ, अध्यक्ष- हितराज पाण्डे

सहइन्चार्ज- खगराज अधिकारी, सचिव गोविन्द नेपाली

प्रदेश ५: इन्चार्ज- शंकर पोख्रेल, अध्यक्ष- ओनसरी घर्ती

सहइन्चार्ज- दलबहादुर राना, सचिव जग प्रसाद शर्मा

कर्णाली प्रदेश: इन्चार्ज- जनार्दन शर्मा, अध्यक्ष- गोरख बहादुर बोगटी

सहइन्चार्ज- यमलाल कंडेल, सचिव मयाप्रसाद शर्मा

प्रदेश ७: इन्चार्ज- भीम रावल, अध्यक्ष- कर्ण थापा
 

इन्चार्ज- लक्ष्मणदत्त जोशी, सचिव नेप चौधरी

तपाईंको बिचार