विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन

प्रकाशित मिति: 2018-09-19
काठमाडौं ।
गुगलबाट
गुगलबाट

प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन हुँदैछ । प्रतिनिधिसभा सचिवालयले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । 

 

कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता हुने संसद सचिवालयले जनाएको छ । 

 

प्रतिनिधिसभा नियमावलीको नियम १७३ (२) बमोजिम एक प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गर्न सकिनेछ । 

 

प्रतिनिधिसभा सचिवालय सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा मनोनयन हुनेछ । उम्मेदवारको अन्तिम सूची आज बेलुका साढे ५ बजे प्रकाशित हुनेछ । एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । 

 

एकभन्दा बढी मनोनयन परेमा भोलि बिहान ११ बजे निर्वाचन हुनेछ । नेपाल कम्युनिष्ट पार्टीले संसदीय समितिको सभापतिमा महिलाको नेतृत्व बढी गराउने तयारी गरेको छ । 

 

मिनी संसद्’ समेत भनिने १० मध्ये सातवटा समितिको नेतृत्व दलीय बाँडफाँटमा नेकपाको भागमा परेको छ । संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सहज बहुमत रहेको छ । 

 

अनुगमन बिशेष समितिको सभापतिमा निरा जैरु, महिला समितिमा निरु पाल, अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तराष्ट्रिय समितिमा पवित्रा निरौला, कानून समितिमा कृष्णभक्त पोखरेल, कृषि समितिमा पूर्णकुमारी सुवेदी, राज्यव्यवस्था समितिमा शशी श्रेष्ठ, विकाश समितिमा कल्याणी खड्का सभापति हुने टुंगो लागेको छ । 

 

७ मध्ये नेकपाले २ मा पुरुष र बाँकीमा महिलालाई नेतृत्व दिने तयारी गरेको छ । 

 

यसैगरी शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती, संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण र उद्योग समितिमा विमल श्रीवास्तव सभापति बन्ने पक्का भएको छ ।

तपाईंको बिचार