मदिरा व्यवस्थापनका लागि कार्डको व्यवस्था

मदिरा पिउनेले कार्ड खरिद गर्नुपर्ने (अडियोसहित)

प्रकाशित मिति: 2018-09-17
गङ्गाराज पण्डित,रेडियो बाजुरा, बाजुरा

बाजुराको गौमुल गाउँपालिकाले मदिरा व्यवस्थापन गरेपछि स्थानीयबासी खुसी भएका छन् ।

 

मदिरा खाएर हल्ला गर्ने, एक आपसमा गाली बेइज्जती गर्ने गतिविधि रोकिएको छ भने गाउँपालिकाले आपसी द्वन्द्वको अवस्था आउन नदिन सतर्कता अपनाएको छ । 

 

गौमुल गाउँपालिकाले गएको साउनदेखि मदिरा व्यवस्थापन गर्ने र खानेलाई पनि मदिरा कार्ड वितरण गरेको हो । बढ्दो मदिरा सेवनले गाउँमा झै झगडा बढेको र आपसी द्वन्द्व सिर्जना हुने अवस्था आउन नदिन गाउँपालिकाले मदिरा व्यवस्थित गर्ने नीति लिएको हो ।

 

अचेल गाउँघरमा कलह हुन छोडेको बताउनुहुन्छ, स्थानीय नविन विक । हिजोआज गौमुलका अधिकांश बस्ती शान्त छन् । गाउँमा मदिराका पेटी नगएको चार हप्ता भन्दा बढी भयो ।

 

मदिरा रोकिएपछि खुसी हुनेमा महिला र बालबालिका धेरै छ । श्रीमतीसँग दिनहुँ पैसा माग्ने, घरको समस्या नबुझ्ने, कापीकिताबका लागि जुटाएको रकम पनि मदिरामै सक्ने श्रीमान्हरुको दैनिकी थियो । महिला अधिकार मञ्चका अध्यक्ष सरिता रोकाया अहिले त्यो रोकिएको बताउनुहुन्छ ।

 

गौमुल गाउँपालिकामा ६ वटा वडा छन् । मदिरा सेवन गर्नलाई मदिरा सेवन कार्ड खरिद गरेर मात्र खान पाउने र आफू खुसी कार्ड बेगर मदिरा सेवन गरे, कानुनी कारवाही गर्ने निर्णय भएको छ ।

 

मदिरा व्यवस्थित गर्ने नीति आवश्यक देखिएकाले यस्तो व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । मदिरा सेवन कार्ड खरिद गर्न पहिलो वर्ष पाँचसय रुपैंया तिर्नुपर्छ । हरेक वर्ष कार्ड नविकरण गर्न पाँचसय रुपैंया तिर्नुपर्ने व्यवस्था गाउँपालिकाले गरेको छ । 

 

गौमुलसँगै युवामा बढ्दो दुव्र्यसनी र पारिवारीक रुपमा हुने आर्थिक नोक्सानीलाई ध्यानमा राखेर जिल्लाका त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाले पनि मदिरा पूर्ण रुपमा बन्द गरेका छन् । जुन निर्णयले गाउँघरमा सकारात्मक प्रभाव परेको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/SR_Gangaraj_Pandit_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/SR_Gangaraj_Pandit_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार