रामबहादुर बम्जनलाई आनी बलात्कारको आरोप(अडियो सहित )

प्रकाशित मिति: 2018-09-15

काठमाण्डु । लिटिल बुद्ध भनेर प्रचार गरिएका रामबहादुर बम्जनलाई बलात्कारको आरोप लागेको छ । रौतहट गुजरा नगरपालिकाका एक किशोरीलाई गुम्बा भित्रै बस्दा बम्जनले बलात्कार गरेको किशोरीले बताउनुभएको छ । आज पत्रकार सम्मेलनगरि ती किशोरिले आनीका रुपमा बम्जनको गुम्बामा बस्दा बलात्कार भएको बताउनुभयो । 

 

पिडित किशोरीले आफु २०७१ साउन देखि २०७५ असार २२ गतेसम्म आश्रममा बसेको र त्यस क्रममा बम्जनबाटै आफुलाई यौन दुब्र्यबहार भएको बताउनुभयो । बम्जन सर्लाहीमा रहेका बेला राती ९ बजे बलात्कार गरेको ती युवतिको आरोप छ । बम्जनसँग रहेका अरु आनीमाथि पनि यौन दुब्र्यबहार हुने गरेका पिडितको आरोप छ । 

 

अहिले बम्जनको मैत्री स्थल सिन्धुलीको बेसारे गाउँमा रहेको छ । तर बम्जन पक्षले भने यो आरोप खण्डन गरेका छन् । सीआईएनमा भएको पत्रकार सम्मेलनमा बम्जन पक्षले पिडित भनिएका किशोरीलाई उहाँको बुवाको रोहबरमा छोडिएको र बम्जनको बदनाम गर्न खोजेको आरोप लगाएको छ । 

 

महिला अधिकारकर्मीको रोहबरमा पिडितलाई प्रहरीको जिम्मा लगाईएको छ । रामबहादुर बम्जन विरुद्ध प्रहरी अपराध महाशाखा काठमाडौंमा बलात्कारको मुद्दा दायर गर्ने तयारी भइरहेको छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार