बलात्कार विरुद्ध विद्यार्थीको प्रर्दशन

तत्कालिन एसपि विष्टलाई २४ घण्टा भित्र प्रक्राउ गर्न आग्रह

प्रकाशित मिति: 2018-09-14

कञ्चनपूरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको हत्यामा सम्लग्नको खोजी गरि कारवाही गर्न माग गर्दै विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्ववियुको सरस्वति क्याम्पस कमिटीले बलात्कारीलाई प्रक्राउ गरि निर्मलालाई न्याय दिन माग गर्दै ठमेल, लैनचौर क्षेत्रमा प्रर्दशन गरेको हो । 

 

नेकपा केन्द्रिय सदस्य दिलुकुमारी पन्तले बलत्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई प्रक्राउ गरेर कारवाही गर्न सरकारलाई आग्रह गर्नुभयो । दुई तिहाई बहुमत प्राप्त बामपन्थी सरकारले एउटी किशोरीको हत्यारालाई प्रक्राउ गर्न नसक्नु लज्जाको बिषय भएको बताउनुभयो । 

 

यस्तै, अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुलीले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई तत्काल पक्राउ गर्न सरकारसंग आग्रह गर्नुभयो ।  बिष्टलाई २४ घण्टा भित्र पक्राउ गरेर कारवाही नथाले विद्यार्थीहरुले देशैभर आन्दोलन गर्ने चेतावानी पनि उहाँले दिनुभयो । 


अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाले  दुई तिहाई बहुमत प्राप्त सरकारले बलात्कार तथा हत्या जस्तो गम्भिर अपराधमा संलग्नलाई महिनौंसम्म पक्राउ गर्न नसक्नु दुःखद भएको भन्दै दबाबका लागि आन्दोलन गर्नु परेको बताउनुभयो । 

तपाईंको बिचार