निर्मलाका आमाबुवा भन्छन्, ‘न्याय नपाएसम्म फर्किन्नौं’ (अडियोसहित)

प्रकाशित मिति: 2018-09-12
केशव भुल, सीआईएन, काठमाडौं
तस्बिर : गुगल
तस्बिर : गुगल

बलात्कारपछि हत्या गरिएका कञ्चनपुरका १३ वर्षका बालिका निर्मला पन्तका आमाबुवा न्याय खोज्दै काठमाण्डू आइपुगेका छन् ।

 

प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न दलका नेतालाई भेटेर न्यायको माग गर्ने उनीहरूको योजना छ ।

 

तीन दिनसम्मको बाटोको जाम खेपेर हिजो बिहानमात्रै कञ्चनपुरका ९ जना महिला अधिकारकर्मीको टोलीसंगै निर्मलाका आमाबुवा काठमाण्डु आइपुगेका हुन् ।

 

निर्मालाका आमा दुर्गादेवी पन्तले राजधानी आउनुको कारणबारे भन्नुभयो, ‘त्यहाँ बसेर सबले दिन्छौं मात्रै भने, अब न्याय नपाएसम्म हामी फर्किन्नौं ।’ छोरीको हत्यापछि अनुसन्धानमा प्रहरीले शुरूदेखि नै ‘लापरबाही’ गरेको निर्मलाका आमाबुवाको आरोप छ ।

 

खोजीमा चासो नदिएको, प्रमाणलाई नष्ट गरेको र अनुसन्धान गुर्नुपर्ने पक्ष र व्यक्तिबाट प्रहरी टाढा भागेकोमा निर्मलाका बुवा यज्ञ पन्तको चित्त दुखेको  छ ।

 

प्रहरीले निर्मलाको बलात्कार र हत्यामा प्रमुख दोषी ठानेकासहित पक्राउ परेका तीन जनालाई थुनामुक्त गरेको छ ।

 

यता नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा अनुसन्धानमा लापरबाही गर्नेमाथी कारवाहि प्रक्रिया जारी रहेको बताउनुहुन्छ ।

 

छिट्टै प्रतिवेदन सार्वजनिक गर्छौँ भनेर आएका छानबिन समितिका सदस्यले राजीनामा दिनुले अझै आशङ्का बढाएको निर्मलाका आमाबुवाको भनाइ छ । छानबिन समितिका संयोजक हरिप्रसाद मैनाली भने यस विषयमा अहिले नै केही बताउन नमिल्ने बताउनुहुन्छ ।

 

छानबीन समितिका सदस्य वीरेन्द्र केसीले समितिबाट राजीनामा दिएर फेरि उहाँ समितिमै फर्कनुभयो ।

 

अहिलेकै अवस्थामा निर्मलाका हत्यारालाई कारबाही र पीडित परिवारले  न्याय नपाउने बताउनु भएका केसी समितिमा फर्किएसँगै दोषीले उन्मुक्ति नपाउने आशा निर्मलाको परिवारमा अझै छ ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/SR_Keshab_Bhul_By_Nirmala_Panta.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/SR_Keshab_Bhul_By_Nirmala_Panta.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार