नुवाकोट हेलिकप्टर दुर्घटना : शव काठमाडौं लगिदै

प्रकाशित मिति: 2018-09-09
रामहरी न्यौपाने, रेडियो जालपा, नुवाकोट

नुवाकोटमा हिजो भएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव विदुर ल्याइएको छ ।

 

पाइलट सहित ६ जनाको शव घटनास्थलबाट ल्याएर जिल्ला अस्पताल परिसरमा राखिएको छ ।

 

दुर्घटना स्थलबाटै शवहरु काठमाडौं लैजाने भनिएपनि खराव मौसमका कारण शव लिन आउने हेलिकप्टर अवतरण हुन नसक्ने भएपछि घटनास्थलबाट तीन घण्टा हिडेर र त्यसपछि गाडीमा शव सदरमुकामसम्म ल्याइएको हो । घटना स्थल विदुरबाट २५ किलोमिटर टाढा छ ।

 

शव लिन आउने ३ वटा हेलिकप्टर काठमाडौंमा तयारी अवस्थामा रहेका र मौममा सुधार आउने वित्तिकै उडान हुने जनाईको छ । शव परीक्षणका लागि काठमाडौं लगिंदैछ ।

 

हिजो अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुँदा पाईलट सहित ६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा हेलिकप्टरका पाईलट र एक बिदेशी नागरिक सहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

दुर्घटनाग्रस्त अल्टिच्युडको उक्त हेलिकप्टरमा ७ जना सवार रहेकामध्ये पाईलट निश्चल केसी, जापानिज नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० बर्षिय डिल्ली बहादुर गुरुङ, दोलखाका ३७ बर्षिय हिरा शेर्पा, गोर्खा चुमनुबी गाउँपालिका–१ का छोवाङ नुर्बु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक बसन्त बहादुर कुँवरले जानकारी दिनुभयो ।

 

दुर्घटनामा परी गम्भीर अवस्थामा रहनुभएका गोर्खाको चुमनुबी–२ का ल्हो आनी डोल्पा डिकीलाई हिजै सिम्रिक एयरको हेलिकोप्टरमार्फत् उपचारको लागि काठमाडौं लगिएको थियो । उहाँको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

 

गोरखाबाट काठमाडौं आइरहेको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोटको म्यागङ गाउपालिका–१ स्थित बर्सुन्चेतको जंगल स्थित रुखमा ठोक्किएर दुर्घटना भएको अवस्थामा हिजो अपरान्ह ३ बजे उद्धारको लागि गएको प्रहरी चौकी किम्ताङको टोलीले भेट्टाएको थियो ।

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/41291237_1050901258413083_7219292197202427904_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/41291237_1050901258413083_7219292197202427904_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार