हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु

एकको जिवितै उद्धार

प्रकाशित मिति: 2018-09-08
रामहरि न्यौपाने, रेडियो जालपा, नुवाकोट

गोरखाबाट काठमाडौ आउदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुदा पाईलट सहित ६ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी घाइते गोरखा  चुमनुव्री गाउँपालिका वडा नं. २ का आनी डोल्पा डिकीलाई भने उद्धार गरिएको छ ।  उहाँलाई हेलिकोप्टरमार्फत उपचारको लागी काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिनुभयो ।

 

दुर्घटनामा परी मृत्यु हुनेमा पाईलट निश्चल केसी, रामेछापका ४० वर्षीय डिल्लीबहादुर गुरुङ, दोलखाका ३७ बर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, गोर्खाको चुमनुबी गाउपालिका वडा नं. १ का छोवाङ नुर्बु र जापानीज नागरिक हिरोमी कोमात्सु रहेको प्रहरीले जनाएको छ ।

 

गोरखाबाट काठमाडौं आइरहेको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोटको म्यागङ गाउपालिका वडा नम्बर १ स्थित बर्सुन्चेतको जंगल स्थित रुखमा ठोक्किएर दुर्घटना भएको अबस्थामा अपरान्ह ३ बजे उद्धारको लागी गएको प्रहरी चौकी किम्ताङको टोलीले.भेट्टाएको थियो । 

 

गोरखाको चुमनुवी गाँउपालिका वडा नं. १ सामागाँउबाट आज बिहान ७ बजेर ५० मिनेटमा काठमाडौतर्फ उडेको हेलिकोप्टर बिहान ८ बजेर पाँच मिनेटमा दुर्घटनामा परेको थियो ।भौगोलिक विकटता, ठूलोवर्षा सहितको बाक्लो हुस्सु र बाक्लो जंगल क्षेत्रमा भएको दुर्घटनाको स्थान पहिचान र उद्धारको लागी कठिनाई भएको प्रहरीले जनाएको छ । 

तपाईंको बिचार