६९ वर्षमा ८५ वटा दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जोखिमयुक्त विमानस्थलको सुचीमा

प्रकाशित मिति: 2018-09-04
स्नेहा कर्ण

नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै जोखिमयुक्त विमानस्थलको सूचिमा समावेश छ । विमानस्थलबारे अध्ययन अनुगमन गर्ने विभिन्न निकायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै १३ औं जोखिमको स्थानमा राखेको छ । 

 

सन् १९४९ मा औपचारिक रुपमा काठमाण्डुमा जहाज उड्न सुरु भएको थियो ।  गौ चौर एरपोर्टका सुरु भएको पाँच बर्षमा तत्कालिन राजा महेन्द्र उद्घाटन गरेपछि त्यसको नाम त्रिभूवन विमानस्थल राखिएको थियो । त्यसको १० बर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपान्त्रण भएको थियो । ६९ वर्षको इतिहासमा ८५ वटा विमान दुर्घटना भएका छन् त्यसमा ८ वटा अन्तर्राष्ट्रिय विमान पर्छन् ।  


विमानस्थलको बनावट नै जोखिमपूर्ण रहेको  छ । त्यसका कारण हरेक विमान अबतरण गर्दा दुर्घटना हुने सम्भावना सात प्रतिशत नै हुने गर्छ । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक संजीव गौतम डाँडाकाडाका कारण पनि जोखिम रहेको बताउनुहुनछ, यस्तै हाम्रो बिमानस्थलको क्षमता नै कम छ भने एउटा मात्रै धावनमार्ग भएकाले सामान्य मर्मत गर्नुपर्दा पनि पुरै बिमानस्थल बन्द गर्नुपर्ने हुन्छ । 

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने विमानस्थल जोखिमको कुरालाई अस्वीकार गर्नुहुन्छ । चारैतिर डाडैडाँडा र छिनछिनमा परिवर्तन भैरहने मौसमका कारण मात्रै विमानस्थल जोखिममा रहेको उहाँको दाबी छ ।  


त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा र्दुघटनामा परि अहिलेसम्म ८ सय जनाको मृत्यु भएको छ । त्यसमा अन्तर्राष्ट्रिय विमान दुर्घटनामा परेर ३ सय ५९ जनाको मृत्यु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको तथ्यांकले देखाएको छ । विमानस्थलको जोखिम न्यूनिकरणका लागि पटक पटक कार्यदल बनेका छन् । कार्यदलले निकालेको निष्कर्ष अनुसार आफुहरुले काम गरिहेको बताउनुहुन्छ प्राधिकरणका महानिर्देशक गौतम  । 

नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि जम्मा ३८ वटा विमानले मान्यता पाएका छन् ।  जसमा २ सय ५० वटा जहाजले दैनिक अवरतण र उडान गर्ने गरेका छन् । एउटै मात्र रन वे भएका कारण पनि नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमान स्थल जोखिममा पर्ने खतरा सँधै उच्च रहेको विज्ञहरुको अध्यनले देखाएको छ । 

 

तपाईंको बिचार