आधारशिला निबन्ध लेखन प्रतियोगितामा नेपाल राष्ट्रिय मा.वि प्रथम

प्रकाशित मिति: 2018-08-11

आधारशीला कलेज नयाँबजार काठमाण्डौले आयोजना गरेको राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय काठमाण्डौमा कक्षा १२ मा अध्ययनरत  बिनिता रिमाल प्रथम हुनुभएको छ ।  बैदेशिक रोजगार र बौद्धिक पलायन भन्ने शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा सस्कृत मावी गोरखामा कक्षा १२ मा अध्ययनरत सुमिता लामिछाने दोस्रो हुनुभएको छ भने नेपाल प्रहरी विद्यालय काभ्रेमा कक्षा  १२  नै पढ्ने अस्मिता कार्की तेस्रो हुनुभएको छ । 

 

अक्सर्फोड माध्यामिक विद्यालय काठमाण्डौका निर्मल रेग्मि तथा मण्डली मावि धादिङ ठूलखर्कमा अध्ययरत युनिता आलेमगरले चौथो स्थान हासिल गर्नुभएको छ ।  निबन्ध लेखन प्रतियोगितामा २४ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।  आधारशीला कलेजमा  नियमित रुपमा हुने साहित्यिक श्रृङखला अन्र्तगत राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको आधारशिला साहित्य विभागका अध्यक्ष कौशिला रिसालले जानकारी दिनुभयो । 

 

विद्यार्थीहरुलाई साहित्यमा सक्रिय बनाई उनीहरुलाई साहित्य लेखनमा रुची जगाउन तथा नव प्रतिभाहरुको खोजी गर्न निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रिसालले बताउनुभयो । आधारशिला क्याम्पसका प्रवन्ध निर्देशक रमेश पौडेलले पढाई मात्रै नभई विद्यार्थीलाई सृजनशिल बनाउन तथा उनीहरुको लेखन क्षमता विकास गराउनको लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

 

डा पुष्करराज भट्ट, प्राध्यापक छायादत्त न्यौपाने र नरेन्द्र नगरकोटीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार तथा सान्त्वना हुनेले १५ सय नगद सहिद प्रमाणपत्र प्राप्त गरेका क्याम्पस प्रमुख शमिर सिंहले जानकारी दिनुभयो । 

 

तपाईंको बिचार