रसुवामा पहिरो : ४ जनाको मृत्यु, ७ जना वेपत्ता

प्रकाशित मिति: 2018-07-26
रेडियो रसुवा, रसुवा

रसुवाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । गएराती गएको पहिरोले अन्य ७ जना वेपत्ता भएका छन् । 

 

चीनसँगको उत्तरी नाका रसुवागढी नजिकको टिमुरे बजारमा गएको पहिरोको स्थलगत अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली त्यसतर्फ गएको छ । तर बाटो अवरुद्ध भएका कारण समस्या भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो ।

 

पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको छ । प्रहरी पोष्ट नजिकै रहेका घर तथा होटलसमेत पहिरोले पुरेको छ ।

 

पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको उहाँले जानकारी दिनुभयो । घटनाको विषयमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ । 

 

तपाईंको बिचार