पत्रकार तथा लेखक दामोदर न्यौपानेको पुस्तक स्कुल बेच्ने बालक सार्वजनिक

प्रकाशित मिति: 2018-07-21

पत्रकार तथा लेखक दामोदर न्यौपानेको पुस्तक स्कुल बेच्ने वालक सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजित एउटा कार्यक्रममा प्रा.डा.सुरेशराज आचार्य, बाल साहित्यको क्षेत्रमा कलम चलाउँदै आउनु विनय कसजु, शिक्षाविद अञ्जु भट्राई लगाएतले संयुक्त रुपमा पुस्तक बिमोचन गर्नुभएको हो ।

 

बाल मनोविज्ञानमा केन्द्रीत पुस्तक स्कुल बेच्ने वालक अभिभावकहरुका लागि लक्षित गरेर तयार पारिएको पुस्तक हो । विमोचन पछि टिप्पणी गर्दै साहित्यकार बिनय कसजुले स्कुल बेच्ने बालक पुस्तकले छोरा छोरीलाई कसरी असल व्यवहार गर्न सकिन्छ भन्नेबारे आमावुवालाई  सिकाउने बताउनुभयो ।

 

यस्तै प्रा.डा. सुरेशराज आचार्यले वालवालिकालाई बुझेर व्यवहार गर्नुपर्छ भन्ने बिषय यो पुस्तकले सिकाउने बताउनुभयो । शिक्षा विद् अन्जु भट्टराईले बालबालिकालाई सम्मान गरेर उनीहरुको व्यवहार बुझे मात्रै समाज परिवर्तन गर्न सकिने बताउनुभयो ।

 

यस्तै लेखक दमोदर न्यौपानले वालवालिकालाई महत्वको दृष्टिकोणले हेर्नुपर्ने बताउदै एउटा बालकको  ईच्छा, चाहाना, आवेग, खुसी , दुख , सुखलाई समेटेर स्कुल बेच्ने बालक तयार पारिएको बताउनुभयो ।  पत्रकार न्यौपानेको यो पाचौ पुस्तक हो ।

 

तपाईंको बिचार