बर्षाका कारण बागलुङको बुर्तिबाङमा पहिरो

दर्जन बढि घरमा क्षति, मध्यपहाडि लोकमार्ग अबरुद्ध

प्रकाशित मिति: 2018-07-18
छविलाल पाण्डे, रेडियो ढोरपाटन, बागलुङ

हिजो दिउसो देखिको निरन्तरको बर्षासंगै आएको पहिरोका कारण बागलुङको बुर्तिबाङमा लाखौं मुल्य बराबरको भौतिक क्षति भएको छ ।

 

निरन्तरको बर्षाका कारण बुर्तिबाङ बजार नजिकैको बतासे खोलामा आएको भेल तथा पहिरोका कारण बजारको देवचोक, हस्पिटल लाईन, सिनेमारोड क्षेत्रमा गरी करिब देड दर्जन बढि घरमा क्षति पुगेको छ । रातको १२ बजेदेखि आएको लेदो सहितको भेलका कारण बजारमा मात्रै एक दर्जन कच्चि घर भत्किएको छ ।

 

हिजोदेखि आएको भेलको त्रासका कारण स्थानिय रातभर जाग्राम बस्न बाध्य भएका छन् । डुवान भएका घरहरुबाट स्थानिय बासिद्धारा सरसामान निकाल्ने कार्य बिहानै देखि जारी छ । त्यस्तै आज बिहान ढोरपाटन नगरपालिका वडा नं २ सेरामा समेत पहिरोका कारण एक घरमा क्षति पुगेको छ ।

 

लागतारको बर्षातका कारण मध्यपहाडि लोकमार्ग अन्र्तगत बागलुङ— बुर्तिबाङ सडक खण्ड पनि पुर्ण रुपमा अबरुद्ध भएको छ । त्यस्तै बुर्तिबाङ—निसि, बुर्तिबाङ— ढोरपाटन , बुर्तिबाङ—तमान सडक समेत अबरुद्ध भएको प्रहरीले जनाएको छ । 

 

तपाईंको बिचार