'माओवादी नेताहरुले लाशलाई जुम्राले छोडेजस्तै गरे'

प्रकाशित मिति: 2018-07-08
कवि, गजलकार अस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ । 
 
शनिबार संवाद डबलीमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजलाई परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । गजलकार रावलले अन्य साहित्यजस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै श्रष्ठाहरुले आफू अनुकुल व्याख्या गर्ने गरेको र रचना गर्न थालेको धारणा राखे । 
 
त्यस्तै रावलले रचनामाथि समालोचना गर्दै अफ्ना शब्द हुँदाहँुदै विदेशी शब्द साहित्यकारले आफ्ना रचनामा प्रयोग गरेकोप्रति टिप्णी पनि गरे । विदेशी  शब्द प्रयोग गर्दा नेपाली भाषा र साहात्यिमाथि अन्याय हुने हुँदा त्यस्ता शब्दहरु प्रयोग नगर्दा नै राम्रो हुने सुझाव दिँदै साहित्यकारले समाजमा भएका तमाम विकृति–व्यतिथिविरुद्ध लेख्नु पर्ने बताए । उनले गजल साहित्यको गम्भीर विधा भएकाले गजलीय मर्यादाअनुसार रचना गरिनु पर्नेमा जोड दिए । 
 
कर्यक्रममा लेखक प्रदिप थापाले आफू लेखन विधामा एकदम कलिलो भएपनि लेखनमा निरन्तर लागिरहने बताए । लेखक थापाले पहिले र अहिलेका पठकहरु माया प्रेम सम्बन्धि नै बढी भएकाले आफूले पनि यस्तै विषयलाई बढी जोड दिने गरेको बताए ।  
 
विमोचन भएको ‘उज्यालोको खोजि’ गजलसंग्रहकी गजलकार अस्था केसीले आफू १५÷१६ वर्षको किसोरी अवस्थामा जनयुद्धमा लागेको र त्यहि समयबाट नै गीत, कविता र गजल पढ्न र लेख्न थालेको बताइन् । उनले आफूले औपचारीक रुपले गजल विधाको अध्ययन नगरेपनि हिजोका आदि हुरीमय जनयुद्धकालीन मुक्ति यात्राले सिकाएको र अझै सिक्दै गरेको बताइन् । 
 
साथै केसीले आफूहरुले जनयुद्ध तथा मुक्त यात्रामा हुँदा देखेका सपना नेतृत्वले चक्नाचुर परेकोप्रति पीडा व्यक्त गर्दै अगाडि भनिन्,“शान्ति प्रक्रियापछि नेतृत्वले कार्यकर्तालाई जुम्राले लाश छाडेजस्तै हाम्रो जीवन अस्तव्यस्त बनाई दिए” उनले हिजो आफूहरु वर्ग मुक्तिको यात्रामा लागेको र आज पनि साहित्यमा पनि त्यहि वर्गीय मुक्तको लागि साहित्यिक सृजना गर्ने बताइन् ।
 
दश कक्षा पढ्दै गर्दा भूमिगत हुँदा त्यति समयदेखिनै साहित्य पढ्न र लेख्न थालेको र प्रचण्ड न चिनी आफूहरुले प्रचण्डपथ अंगालेका बताउने केसीले त्यो समयमा लेखिएका जनपक्षिय सहित्य आज हेर्दा अचम्म लाग्ने गरेको बताइन् । उनले आफूरु जुन सपना बोकेर जनयुद्धमा इमान्दार लडियो त्यो पूरा नभएको बताउँदै केही आंशिक परिवर्तनमै चित्त बुझाउनु परेको धारणा राखिन् ।  
 
विमोचन भएको पुस्तक तथा एल्बममाथि गजलकारहरु प्राती किरण, ज्ञानु विद्रोही, सैलेन्द्र अधिकारी, डा. भोजराज अधिकारी तथा अन्तराष्ट्रिय गजल मञ्च नेपाल च्याप्टर सम्योजक भरत पौडेल र  नेपाली गजल मञ्च अध्यक्ष घनेन्द्र ओझाले समालेचना गरेका थिए ।

तपाईंको बिचार