ट्रिपर दुर्घटनामा १८ को मृत्यु

१५ जना घाईते

प्रकाशित मिति: 2018-07-06

मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा २ क २२१९ नम्बरको ट्रिपर मुस्ताङको लोज्याकर दामोदरकुण्ड गाउँपालिकाको स्याङबोचेमा दिउँसो २ बजे दुर्घटनामा परेको हो ।

मृतकहरू १२ जना पुरुष र ६ महिला रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दाङका बालकुमार घर्ति, रोल्पाका सुकमान रोका, धादिङका सुजन घलाङ, सिन्धुलीका जीवन माझी, कैलालीका विल्ति घर्ति र रोल्पाका महेश रोका रहेका छन् ।

यस्तै, कपिलबस्तुका कमानसिंह रोका, दाङका कबिता घर्तिमगर, रोल्पाका रामकुमार पुन, दाङका सुबोध चौधरी, कैलालीका बिनिता घर्तिको पनि मृत्यु भएको छ । यस्तै दाङका शान्ती थापा, रोल्पाका सन्तु घर्ति, स्याङजाका स्नेहा क्षत्रि, दाङका कमल बुढा, रोल्पाका जितमायाँ घर्ति, सृजना मगर, राष्ट्रिय रोकाको मृत्यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो । १५ जना घाईते मध्ये ३ जनालाई थप उपचारको लागि पोखरा पठाईएको छ ।

गाडी अनियनित्रत भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको पौडेलले बताउनुभयो । उद्धारमा ढिलाई भएका कारण धेरै जनाको मृत्यु भएको भन्दै स्थानीय प्रसासनको आलोचना भएको छ ।

सीआईएनसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले खोज तथा उद्धारमा कुनै कमजोरी नभएको दाबी गर्नुभयो ।  प्रहरीका अनुसार ट्रिपरमा ३२ जना बसेका थिए । बस सडक भन्दा ५० मिटर तल खसेको थियो ।
 

तपाईंको बिचार