जुम्ला र डोल्पामा शत प्रतिशत रोपाइ

देशभर २२ प्रतिशत रोपाई सम्पन्न

प्रकाशित मिति: 2018-07-03

आजसम्म देशभरमा २२ प्रतिशत रोपाई सम्पन्न भएको छ । देशभरमा २२ दशमलव ७ प्रतिशत रोपाई सकिएको कृषि प्रसार निर्देशनालयले जनाएको हो । देशभरमा २२ प्रतिशत रोपाइ सकिदाँ जुम्ला र डोल्पामा भने शत प्रतिशत रोपाई सकिएको छ ।  

सबै भन्दा कम भने सप्तरी जिल्लामा १ दशमलब ५ प्रतिशत रोपाइ मात्र सकिएको छ । अहिलेसम्मको तथ्यांक अनुसार उच्च पहाडी भेगमा ३८ दशमलव २१ प्रतिशत, मध्य पहाडमा २९ दशमलव ०९ प्रतिशत र तराईमा १८ दशमलव ६५ प्रतिशत रोपाई सकिएको छ । 

नेपालमा रहेको १५ लाख ४५ हजार ४ सय ७९ हेक्टर मध्ये अहिले सम्म ३ लाख ४२ हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई सकिएको हो । 

अहिलेसम्म रापाईको अवस्था हेर्दा सन्तोसजनक भएको बालिविकास निर्देशनालयका बरिष्ठ बालिविकास अधिकृत प्रकाश आचार्यले सीआइएनसंग बताउनुभयो । मनाङं र मुस्ताङमा भने अहिले सम्म रोपाई सुरु हुन नसकेको बालिविकास निर्देशनालयले जनाएको छ ।

तपाईंको बिचार