जुम्लामा विमानस्थलको धावनमार्ग विस्तारको काम सुरु

प्रकाशित मिति: 2018-06-10
दिलमाया शाही, रेडियोनारी आवाज जुम्ला

जुम्ला। जुम्ला विमानस्थलको रनवे विस्तारको लागि पहल सुरु भएकोे छ ।  कर्णालीकै सबैभन्दा सुविधा सम्पन्न मानिएको जुम्ला विमानस्थल रनवे कम भएका कारण समस्या हुने गरेको भन्दै सहजै रुपमा अवतरण गर्न र उडाउन मिल्ने गरी बनाउनको लागि पहल भएको हो । 

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले विमानस्थललाई स्तर उन्नती गर्न र रनवेको लम्बाई बढाउनका लागि सरोकारवालासँग छलफल भइरहेको बताउनु भयो । 

उहाका अनुसार जुम्लाबाट प्रतिनिधत्व गर्ने जनप्रतिनिधि, मन्त्रालय, विभाग र नेतृत्वमा बहस भइरहेको छ ।  जहाज दुर्घटनाको कारण मैले पति गुमाइसके अब रनवे सानो भएकै कारण अब कुनै पनि जुम्लावासीले ज्यान गुमाउन नपरोस’ उहाले भन्नु भयो । पाँच वर्षभित्र  विमानस्थलको रनवे बढाएर मध्यम खालका जहाज उड्न मिल्ने वातावरण सिर्जना गरिने मेयर सेजुवालले बताउनुभयो । 

विमानस्थल प्रमुख कैलाश शर्मालाई नेपालगञ्ज–सुर्खेतबाट उडान भर्ने जहाजका पाइलटसँग समन्वय गरेर खाका तयार पार्नको लागि आग्रह गरिसकेको मेयर सेजुवालले बताउनु भयो ।

अहिले रनवे ६ सय ७० मिटर लम्वाइमा छ । ट्वीन्टर र डोनियर जहाज अवतरण त हुन्छन, तर रनवेको लम्वाई बढि भएको भए सहज हुने चालक दलको गुनासो रहेको छ ।

रनवे छोटो हुँदा, सटटर्न गर्नुपर्दा दुर्घटनाको खतरा निम्तन सक्ने भन्दै लामो भएमा सहजै रुपमा ढुक्क भएर अवतरण गर्न र उडान भर्न सकिने अवस्था रहने चालकदलका सदस्यले जानकारी गराएकाले मर्मतमा पहल भैरहेको उहाँले बताउनुभयो । 

३२ सिटकको जहाज अवतरणका लागि न्युनतम १२ सय ५० मिटर रनवे लम्वाई हुनुपर्छ ।  सबै प्रकारको दुर्घटनाबाट बच्नको लागि रनवे फराकिलो र लामो हुनु पर्ने माग जुम्लावासीले गर्दै आएका छन् । 

तपाईंको बिचार