नियमावलि पारित नहुदा कानुन निर्माणमा पनि ढिलाइ

प्रकाशित मिति: 2018-06-06

ससद कार्यसञ्चालन नियमावलि संसदबाट पारित हुन ढिलाई भएका कारण अत्याआवश्यक कानुन निर्माणमा पनि ढिलाई भईरहेको छ  ।

नियमावलि पारित नभएसम्म संसदिय समितिहरु गठन नहुने र संसदिय समितिहरु नभईकन कानुनहरु फूल हाउसमा दर्ता गरेपनि आवश्यक पर्दा संसदिय समितिमा छलफल गर्न नपाईने भएकाले अत्याआवश्यक कानुन निर्माणको प्रक्रियामा पनि ढिलाई भईरहेको हो ।

सीआईएनसंग कुरा गर्दै कानुन न्याय तथा संसदिय मामिला मन्त्री शेरबहादुर तामाङले संसदमा सैदान्तिक छलफल सकिएर पनि संसदिय समितिमा पठाउनुपर्ने भएकाले समस्या आएको बताउनुभयो ।  संसदिय समितिहरु निर्माण नहुदा सम्म बनेका कानुनहरु संसदमा पेश भएपनि यसै थन्कीने डरका कारण संसदमा ऐन, कानुनहरु पेश गर्न नसकेको भन्त्री तामाङको भनाई छ ।

तर, मौलिक हकहरु कार्यान्वयनको लागि समय अवधिभित्रै कानुन निर्माण गरिसक्ने बारेमा भने सरकार सचेत रहेको उहाँले बताउनुभयो । फौजदारी अभियोग लागेका सांसदलाई पदबाट निलम्बन गर्ने वा नगर्ने भन्ने बिषयमा सत्ता पक्ष र प्रतिपक्षविच विवाद हुदा नियमावलि पारित हुन सकेको छैन । 

 

तपाईंको बिचार