अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार प्रदान

पुरस्कारको राशी एक लाख रुपैयाँ

प्रकाशित मिति: 2018-05-28

काठमाडौँ । यस वर्षको दयाराम परियार स्मृती पुरस्कार मानव सेवा आश्रमका रामजी अधिकारी र प्रेस स्वतन्त्रता सेनानी प्रेमकुमारी पन्तलाई प्रदान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको अठारौं स्थापना दिवशको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा अधिकारी र पन्तलाई पुरस्कार प्रदान गरिएको हो ।

 पुरस्कारको राशी एक लाख रुपैयाँ छ । अधिकारकर्मी परियारको सम्मानमा राष्ट्रिय मानव अधिकार आयोगले विगत सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्ष देखि पुरस्कारमा रुपान्तरण गरेको छ । 

 यो सम्मान यस अघि अधिकारकर्मी दुर्गा घिमिरे, चरिमाया तामाङ, टेकनाथ वराल, चन्द्र किशोर झा, डा.शिवमाया तुम्वाहाङफे, वलदेव राम, मातृका देवकोटा, श्यामसुन्दर शशी, नजवुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार रक्षक दयाराम परियारको २०६२ साल चैत्र ११ गते जनकपुरमा मानव अधिकार अवस्था अनुगमनकै क्रममा प्रहरीको गोली लागेको  थियो । अधिकारकर्मी परियारले उपचारकै क्रममा २०६२ चैत्र १५ गते शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको थियो ।

तपाईंको बिचार