साहित्यकार तिवारीको नचुमेको क्षितिज सार्वजनिक

प्रकाशित मिति: 2018-05-04

कवि तथा साहित्यका दुर्गा तिवारीको कविता संग्रह नचुमेको क्षितिज आज सार्वजनिक भएको छ । 

काठमाण्डौमा आयोजित एउटा समाहरोहमा बरिष्ठ साहित्य साधक रमेश खकुरेल, गीतकार यादव खरेल, साहित्यकार तथा समाजसेवी मदनराज थापा, प्राध्यापक डाक्टर जीवन अधिकारी लगाएतले सयुक्त रुपमा कृती विमोचन गरेका हुन् ।  मुक्तक लेखनमा परिचित तिवारीले पहिलो पटक कविता कृती प्रकाशन गर्नुभएको हो । 

कृतिको समीक्षा गर्दै समीक्षक डाक्टर लेख प्रसाद निरौलाले तिवारीका कविताले समाज वोलेको टिप्पणी गर्नुभयो  । ग्रामिण भेगका रिति थिति तथा प्राकृतिक सुन्दरताहरु कविता भित्र पढ्न पाईने भन्दै उहाँले गिती लयमा लेखिएका कविताले देश प्रेम बोलेको बताउनुभयो ।  कविता सरल, सरस खालका रहेकाले जोकोही सजिलै पढ्न र बुझ्न सकिने रहेको पनि उहाँले बताउनुभयो ।  नचुमेको क्षितिजमा ७४ वटा कविता संग्रहित रहेका छन् । 

कार्यक्रममा गजलकार ज्ञानुवाकरण पौडेल, प्राध्यापक कोषराज न्यौपाने, साहित्यकार कौशिला रिसाल, नेपाली शिक्षा परिषदका सदस्य सचिब रमा शर्मा, लगाएत थुप्रै साहित्यकारहरुको उपस्थित रहेको थियो  ।  

 

 

तपाईंको बिचार