अपाङ्गता भएकाहरुको जीवनस्तर उकास्न बाख्रा वितरण

प्रकाशित मिति: 2018-05-01

तलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का ३४ जना अपाङ्गता भएकाहरुलाई बाख्रा वितरण गरिएको छ । अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत आज वाख्रा वितरण गरिएको हो । 

अपाङ्गहरुलाई आयआर्जनका लागि भनेर वडाले वाख्रा वितरण गरेको वडाध्यक्ष वालकृष्ण रानाले वताउनुभयो । वडाध्यक्ष रानाले अपाङ्ग परिचय पत्र भएकालाई वितरण गरिएको र नपुगेको ठाउँमा अहिलेका वाख्रावाट आएका पाठा वितरण गरिने जानकारी दिनुभयो ।

‘हामीले सबैलाई वितरण गर्ने प्रयास गरिहेका छौ विस्तारै वितरण गर्दै जानेछौ ’ रानाले भन्नुभयो । व्यावसायिक रुपमा वाख्रापालनका लागि २ दिने तालिम पश्चात वाख्रा वितरण गरिएको हो ।  

वाख्रा वितरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोका समेत उपलब्ध गराइने जानकारी  दिनुभयो । निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार आफूले काम गरिरहेको वताउदै पाण्डेले गरिव र विपन्न वर्गका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत जस्तापाता वितरण गरिरहेको बताउनुभयो । 

तपाईंको बिचार