एमाले माओवादी एकतामा किन ढिलाई ?

एकता कि विलय मुख्य बिषय !( अडियो )

प्रकाशित मिति: 2018-04-28
सोबिता रिसाल

कम्युनिष्ट नेताहरु नेपालमा एउटै कम्यूनिष्ट केन्द्र बनाउने बिषयमा बेला बेला चर्चा गरिरहन्छन् । एमाले र माओवादीबीच पार्टी एकता गर्ने बिषय औपचारिक रुपमा नै चर्चामा आएको झण्डै ७ महिना भयो ।  

चुनाब लगत्तै एकता गर्ने बाचा सहित संयुक्त घोषणापत्र लिएर जनता माझ गएका दुई दलले एकताको औपचारिक घोषणा गरिहाल्न सकेका छैनन् ।  कम्युनिष्ट नेता लेनिनको जन्मजयन्तीको अवसर पारेर पार्टी एकता गर्ने भनिएपनि त्यो संभव भएन । 

अब हो हल्ला नगरिकन एकैचोटी एकता गर्ने बताउनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोलाई पार्टी एकता मिति घोषणा गर्ने दिनको रुपमा बताउदै आउनुभएको थियो ।  तर हिजो भएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको छलफलमा पनि कुरा मिलेन । पार्टी एकताका बारे दुई अध्यक्षबीचको पटक, पटकको छलफल तथा केही बुँदामा कार्यदलमा भएको सहमतिपछि पनि एकता प्रक्रियाको काम किन अगाडी बढिरहेको छैन ? 

चुनाब ताका ६०÷४० को भागवण्डामा सहमति भएपनि अहिले एमाले भित्र जनअभिमत अनुसार एकीकरणको अडान शुरु भएको छ । त्यो भनेको एमाले ७० र माओवादी ३० को अनुपात हो । एमालेको कार्यकर्ता तह सम्मले बराबरी हैसियत स्वीकार गर्न सकिरहेको छैन ।एमाले निकट विद्यार्थी नेता शंकर गौतम दुबै पार्टीले चुनाबमा ल्याएको मतलाई विश्लेषण गर्दा पनि बराबरी हिस्सा लिन, दिन नसकिने बताउनुहुन्छ । 

 

 

 

 

श्याम श्रेष्ठको विश्लेषणमा एमाले माओवादी एकिरणको मुख्य समस्या बराबरी हैसियतको बिषय हो । चुनाब अघिको एमाले, माओवादीको राजनितिक हैसियत र चुनाब पछिको हैसियतमा फेरबदल भएपछि राजनितिक लेनदेनको विषय पनि फेरबल भयो । 

चुनाब ताका ६०÷४० को भागवण्डामा सहमति भएपनि अहिले एमाले भित्र जनअभिमत अनुसार एकीकरणको अडान शुरु भएको छ । त्यो भनेको एमाले ७० र माओवादी ३० को अनुपात हो । एमालेको कार्यकर्ता तह सम्मले बराबरी हैसियत स्वीकार गर्न सकिरहेको छैन ।एमाले निकट विद्यार्थी नेता शंकर गौतम दुबै पार्टीले चुनाबमा ल्याएको मतलाई विश्लेषण गर्दा पनि बराबरी हिस्सा लिन, दिन नसकिने बताउनुहुन्छ । 

माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्ता तहसम्मै पुगेको एमालेको यहि बिचारलाई दबाबमा राख्न पार्टीकै निर्णयमा बराबरी हैसियतको चर्चा चलाउनुभएको थियो । सैदान्तिक हिसाबले एकिरणको लागि दुई पार्टीमा असहमति नरहेपनि केन्द्रीय कमिटीमा बराबरी संख्या, प्रस्तावनामा जनयुद्ध लेख्ने कि नलेख्ने, चुनाव चिह्न सूर्य कि अन्य भन्ने बिषयमा अन्तिम निर्णय भैसकेको छैन । 

जनयुद्ध पछिको राजनितिको औचित्य पुष्टि तथा नेता कार्यकर्ता व्यवस्थापनमा प्रचण्डलाई चुनौति छ, त्यसैले उहाँ पार्टी एकिकरण गरिहाल्न चाहनुहुन्छ तर कार्यकर्ताको दबाब छ  ।  माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसि सैदान्तिक र सांगठनिक हिसाबले पनि सम्मानजनक अवस्था नहुदा सम्म एकीकरण गर्न हतार गर्न नहुने बताउनुहुन्छ । 

प्रतिनिधिसभामा एमालेको १ सय २१ र माओवादीको ५३ सिट छ । राज्यसत्ता र पार्टीमा आफ्नो स्थान सुरक्षित नगरि प्रचण्ड पनि  हतारमा एकीकरण गरिहाल्ने पक्षमा हुनुहुन्न । त्यसो त कार्यकर्ताको चाहना विपरित एकीकरण गरिहाल्न एमाले अध्यक्ष ओली पनि मञ्जुर हुनुहुन्न ।

विश्लेषक श्याम श्रेष्ठको बिचारमा मिल्न बाँकी रहेको भनिएका अरु सबै कुराहरु मिल्छन् ,तर पार्टी एकता गर्ने वा बिलय ?  भन्ने प्रश्न भने जति नै छलफल गरेपनि मिल्न कठिन हुन सक्छ ।  केही नितिगत अनि एकिकरणपछिको नेतृत्व र नेता कार्यकर्ता व्यवस्थापनको बिषयले दुई पार्टी एकिकरणको प्रक्रिया लामो हुदै गएको छ । 

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार