चर्चित दिक्त्तेल बजार, साँघुरो सडक ! (अडियो)

प्रकाशित मिति: 2018-04-20
सोबिता रिसाल, काठमाडौं ।

खोटाङको सदरमुकाम समेत रहेको दिक्त्तेल बजार पुरानो बजारको रुपमा चिनिन्छ । अहिलेको संरचना अनुसार दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ मा रहेको दिक्त्तेल बजारमा झण्डै १ हजार घर रहेका छन् । दित्तेलको हाट बजार देखि रत्नपार्क सम्मको सडक कालोपत्रे हुन नसक्दा बजारबासीले दुख खेप्नु परेको छ ।

जस्ताको छाना हालेको एकनासे घर । सेतो जस्ता खिया लागेर खैरो भैसकेका छन् । घरको बनोट पनि उस्तै, उस्तै ।  झण्डै २ किलोमिटर लामो बाटोको वरिपरि लहरै बसेको बस्ती । झट्ट हेर्दा देखिने खोटाङको दिक्त्तेल बजारको मोटामोटी परिचय यहि हो । दिक्त्तेल बजार खोटाङको मात्रै होईन, पुर्वकै चर्चित बजार हो ।

जस्ताको छाना हालेको एकनासे घर । सेतो जस्ता खिया लागेर खैरो भैसकेका छन् । घरको बनोट पनि उस्तै, उस्तै ।  झण्डै २ किलोमिटर लामो बाटोको वरिपरि लहरै बसेको बस्ती । झट्ट हेर्दा देखिने खोटाङको दिक्त्तेल बजारको मोटामोटी परिचय यहि हो । दिक्त्तेल बजार खोटाङको मात्रै होईन, पुर्वकै चर्चित बजार हो ।

 

 

 

कुनै बेला खोटाङ सहित आसपासका जिल्लाको समेत व्यापारिक केन्द्र दिक्त्तेल बजारको सडक भने साँघुरो  छ । कच्चि सडक, त्यहि माथी साँघुरो हुदा दिन दिनै हिडडुल गर्नुपर्ने तथा व्यापार गर्नेहरु असजिलो भएको गूनासो गर्छन् । 

नेपालमा सडक र सवारीको अवधारणा गाँउ, गाँउ सम्म नपुग्दै दिक्त्तेल बजार बसको थियो । घोडा सम्म हिड्न मिल्ने गरि बाटो बनाएकाले सडक साँघुरो छ । हिउदमा धुलो त छदैछ, बर्खामा माथीबाटै बगेर आएको भलका कारण व्यवसाय गर्न र बालबालिका जोगाउन मुस्किल भएको बताउनुहुन्छ स्थानीय प्रेम कुमारी राई । देवी थान देखि बगेर आएको भलका कारण पानी परेको समयमा वालवालिका नै बगाउने जोखिम हुने उहाँले जानकारी दिनुभयो ।

डाँडामा लहरै रहेको बस्तिका कारण पनि सडकको स्तरउन्नती गर्न असजिलो देखिएको जनप्रतिनिधिको दाबी छ । साँघुरो बाटो फराकिलो बनाउन घरहरु भत्काउनुपर्छ तर घर भत्काएर बाटो विस्तार गर्न तत्कालको लागि संभव देखिदैन । वडा नम्बर २ का सदस्य अमर श्रेष्ठ दिक्त्तेल बजारको बाटो स्तरउन्नतीको लागि बजेट परेपनि पुरानो बजारको संरचनाले गर्दा स्तरउन्नती गरि बाटो बनाउन  असहज भएको बताउनुहुन्छ । 

अहिले स्थानीय तहको निर्वाचन भएपछि दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्त्तेल बजार सहित बजारसंग जोडिएको सडकलाई स्तरउन्नती गरि पक्कि बनाउने योजना बनाएको छ । बजारका केही घरहरु भत्काएर मुआब्जा वितरण गरि पक्कि सडक बनाईने छ  ।  मेयर दिप नारायण रिजाल सडक निर्माणका लागि डिपिआरको काम भईसकेको र १६ करोडको बजेट स्वीकृत भईसकेकाले यहि  आर्थिक बर्षमा टेण्डर आह्वान भएर काम अगाडी बढ्ने बताउनुहुन्छ । 

दिक्तेल मात्र होइन, संघीयता कार्यान्वयनसँगै व्यवस्थित सहर बनाउने योजनाका साथ स्थानीय तहहरुले पुराना सहरहरु व्यवस्थित गर्ने कामको सुरुवात गर्नु राम्रो हो । तर बसिसकेको सहरलाई व्यवस्थित गर्न खोज्दा पक्षविपक्षमा बाँडिएर राजनीतिक रुपमा सौदाबाजी गर्नु भने राम्रो होइन । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार