रेडियोको बार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम

प्रकाशित मिति: 2018-04-16

नेपालगञ्ज । नेपालगन्जबाट प्रशारण भइरहेको रेडियो सद्भाव सबैको रेडियो ९१.२ मेघाहर्जले आफ्नो बार्षिक उत्सवका अवसरमा आज रक्तदान कार्यक्रम गरेको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रेडियो कार्यालयमा गरिएको रक्तदानमा ३७ जनाले रक्तदान गरेका स्टेशन प्रमु्ख नवीन गिरीले जानकारी दिनुभयो । रगत अभावलाई थोरै भएपनि पूर्ति गर्नका लागि सहज होस् भनेर रेडियोले रक्तदान कार्यक्रम गरेको स्टेशन प्रमुख गिरीले बताउनुभयो ।

रेडियो सद्भावले मानविय सहयोग र सामाजिक उत्तरदायित्वलाई समेत मुख्य एजेण्डा बनाएर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ । सामाजिक उतरदायित्व अन्तर्गत् रेडियो सदभावले यसअघि बाढीका कारण प्रभावित क्षेत्रमा निःशूल्क स्वास्थ्य शिविर गरेको थियो ।

गत साउनमा आएको बाढी र डुवानका कारण सबैभन्दा बढी प्रभावित राप्तीसोनारी गाउँपालिकाका तीन ठाउँमा गरिएको निःशूल्क स्वास्थ्य शिविरमा २ हजार २ सय बढीले सेवा लिएका थिए । रेडियोले आफ्नो पहिलो बार्षिक उत्सव यही बैशाख ६ गते मनाउँदै छ । 

 

तपाईंको बिचार