राराबाट देशबासीका नाममा प्रधानमन्त्रीको सम्बोधनः पर्यटन विकास र समृद्धिको आधार

प्रकाशित मिति: 2018-04-14

प्रधानमन्त्री केपी शर्मा ओलीले देश स्थायित्वको नयाँ चरणमा प्रवेश गरेकाले अबको युग बराबरी सम्मान र सुरक्षा तथा बराबरी अबसर प्राप्त हुने युग भएको बताउनुभएको छ ।  मुगुको रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुलाई समृद्धि नेपाल र सुखी नेपालीको संकल्पलाई कर्णालीको विकासले मात्रै पूरा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश र स्थानीय तहलाई सुद्धढ, आत्मनिर्भर र सबल बनाउन सरकारले प्रभावकारी भुकिका खेल्ने  उहाँले बताउनुभयो ।  आर्थिक अधिकार र समाजिक न्याय बिनाको लोकतन्त्र अधुरो हुने भन्दै उहाँले समयमै ऐन कानुन निर्माणको काम हुने बताउनुभयो । 

आधारभुत स्वास्थ्य सेवा, शिक्षा, खानेपानी लगायतका आवश्यकिय सेवाबाट कोहि कसैले बञ्चित हुनु नपर्ने भन्दै उहाँले देशभर रोजगारी अवसर सृजना गर्न सरकार लागि पर्ने बताउनुभयो । सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन आजैबाट विद्यार्थी भर्ना अभियानलाई नयाँ तरिकाबाट शुरु गरेको प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो ।

अबको सर्बोपरी अभिभारा आर्थिक समृद्धि नै भएको प्रधानमन्त्री ओलीले पटक पटक दोहो¥याउनुभयो । देशलाई सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट माथि उठाउने लक्ष्य राखेको र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हाँसिल गर्न सरकार प्रतिवद्ध रेहेको ओलीले बताउनुभयो । 

देशमा लगानीमैत्री वातावरण स्थापित हुने भन्दै प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो । लगानीको सुरक्षा र मुनाफाको व्यवस्थाका लागि सरकार सजग रहेको ओलीको भनाई छ । विशेष औधोगिक क्षेत्र निर्माणमा सरकारको जोड रहने भन्दै ओलीले, सबैले पैसा भएरै विकास नगरेको बरु विकास गरेर समृद्ध भएको बताउनुभयो । युवाशक्तिलाई निर्माणमा प्रयोग गर्न सके विकास सम्भव भएको ओलीको भनाई छ । 

कृषि प्रधान देशबाट, कृषि सवल देशमा परिवर्तन गर्ने, कृषिमा निर्भर दुई तिहाइ जनसंख्यालाई पाँच वर्षभित्र २५ प्रतिशतमा सिमित गर्ने, कृषि उत्पादकत्व ५ वर्ष भित्र ४ गुण बृद्धि गर्ने, राष्ट्रिय अर्थतन्त्रमा रहेको कृषिको हालको योगदान एक तिहाईबाट झारेर २० देखि २५ प्रतिशतमा सिमित गर्ने गरी हाम्रा कामहरु अघि बढाइने ओलीले बताउनभयो । आगामी नीति तथा कार्यक्रममा जलस्रोतको विकास र जगमार्ग तथा रेलमार्ग सहितको आधुनिक सपडकको विकासको विस्तृत खाका प्रस्तुत गरिने उहाँले बताउनुभयो । 

आज हामी कर्णाली प्रदेशको लागि पर्यटन वर्षको शुभारम्भ केही समय पछि नै गर्दै छौं, प्रधानमन्त्री ओलीले भन्नुभयो, “पर्यटन उद्योग एउटा प्रदेशको मात्र नभई हाम्रो विकास र समृद्धिको मुख्य आधार पनि हो । पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण, नेपालका पर्यटकीय सम्पदा र गन्तव्यहरुको प्रचार–प्रसार, बजार प्रवद्र्धन र पर्यटकीय सम्पदाको संरक्षण र सौन्दर्यमा विशेष ध्यान दिइने छ । ”

कर्णाली प्रदेशको यो सुन्दर स्थानबाट संबोधन गरिरहँदा प्रथा र प्रचलनका नाममा हुने गरेका महिलाविरुद्धका केही घटनाहरु स्मरण गरिरहेको छु भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “जेसुकै तर्क वा कारणबाट होस्, अब महिलाविरुद्ध हुने सबै किसिमका हिंसा र विभेद प्रभावकारी ढंगले अन्त्य गरिने छ । बालविवाह, बहुविवाहलाई पूर्णतः निषेध गरिने छ । जातीय भेदभाव तथा छुवाछूत पूर्ण रुपमा उन्मूलन गरिनेछ ।” 

“म तपाईंहरुलाई आत्मविश्वासका साथ भन्न चाहन्छु– पाँच बर्षपछि नयाँ निर्वाचनमा तपाईंहरुका अगाडि आइपुग्दा हाम्रा काम र उपलव्धिहरुले तपाइँहरुलाई आफ्नो अमूल्य मत सही ठाउँमा परेको रहेछ भन्ने विश्वास दिलाउने छन् । 

पाँच वर्षभित्रमा देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने छ, सकारात्मक दिशामा । यसमा आश्वस्त हुन र नयाँ सरकारका काममा आवश्यक सुझाव, चासो र सहयोग पु¥याउन हुन अनुरोध गर्दछु ।” प्रधानमन्त्री ओलीले सम्बोधनमा भन्नुभएको छ । 

तपाईंको बिचार