वालकथा संग्रह नयाँ बर्षको उपहार सार्वजनिक

प्रकाशित मिति: 2018-03-31

कौशिला रिसालद्धारा लिखित वालकथा संग्रह नयाँ बर्षको उपहार सार्वजनिक भएको छ ।

काठमाण्डौको नयाँ बजारस्थित अक्सफोर्ड उच्च माध्यामिक विद्यालयको सभाहलमा पुर्वमन्त्री तथा साहित्यकार शान्ता मानवि, प्राध्यापक डाक्टर शैलन्दु प्रकाश नेपाल, प्रगतीशिल लेखक संघका उपाध्यक्ष डाक्टर विन्दु शर्मा, प्रलेसका उपाध्यक्ष रामप्रकाश पुरीले, साहित्यकार मदनराज थापा, लगाएतले संयुक्त रुपमा वालकथा संग्रहको विमोचन गर्नुभएको हो ।

पुस्तकको समीक्षा गर्दै डाक्टर शैलन्दु शर्माले फरक, फरक पात्र र सन्र्दभहरु जोडेर वालवालिकाले बुझ्ने गरि तयार पारिएको संग्रहले वालवालिकाको पठन सस्कृती विकास गर्नमा सहयोग पुग्ने बताउनुभयो । यस्तै पुस्तकको समीक्षा गर्दै डाक्टर विन्दु शर्माले समाजका यर्थाथपरक घटनाहरुलाई टिपेर कथात्मक रुप दिईएकोले वालवालिकालाई समाज वुझाउन पुस्तककले सहयोग गर्ने बताउनुभयो  ।

कार्यक्रममा ४० जना कविहरुले आ आफ्नो रचना वाचन गर्नुभएको थियो । वालकथा संग्रह नयाँ बर्षको उपहार रिसालको पहिलो पुस्तक हो ।

यो पुस्तकबाट आएको प्रतिक्रियाले आँउदो दिमा अरु कृतीहरु निकाल्नका निमिक्त हौसला प्राप्त भएको उहाँले बताउनुभयो । 

 

तपाईंको बिचार